कञ्चन जेसिजको जेसिज सप्ताह भदौ ६ गते देखि

३ भाद्र २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
105 Shares


कञ्चन –कञ्चन जेसिजले आफ्नो स्थापना बर्षको अवसर पारेर बिबिध कार्यक्रम गरि जेसिज सप्ताह कार्यक्रम संचालन गर्ने भएको छ।कञ्चन जेसिजको सचिवालयमा आयोजित पत्रकार सम्मेलन गरि कञ्चन जेसिजका अध्यक्ष चुडामणी पौडेलले जेसिज सप्ताह कार्यक्रमका बिबिध कार्यक्रमहरु सार्बजनिक गर्नु भएको हो।भदौ ६ गते तिज मिलन कार्यक्रमको आयोजनाका साथ जेसिज सप्ताहको शुभारम्भ गरिने उक्त कार्यक्रम भदौ १४ गते सम्म संचालन हुने आयोजकले जनाएकोछ।

सप्ताह कार्यक्रम अन्तर्गत भदौ ६ गते प्रगति माध्यमिक बिधालयमा लोकपप गायक दुर्गेश थापाको समेत तिज विशेषको रुपमा प्रस्तुती समेत हुने तिज मिलन कार्यक्रम गरि जेसिज सप्ताहको शुरुवात हुने कञ्चन जेसिज बर्ष २०१९ का अध्यक्ष चुडामणी पौडेलले पत्रकार सम्मेलनमा बताउनु भएकोछ।यस्तै भदौ ७ गते कञ्चन गाउपालिकाका विभिन्न सिमानाहरुमा कञ्चनको स्वागत तथा धन्यबाद बोर्ड स्थापना गर्ने,८ र ११ गते कञ्चनका बिधार्थीहरुलाई गजेडी मा।बि। र गौतम बुद्ध आधारभुत बिधालयमा छात्रबृति बितरण गर्ने,९ गते स्वास्थ्य जीवन शैली एबम खुशी कला नामक प्रशिक्षण संचालन गर्ने र १४ गते ट्राफिक बेरिकेट्स हस्तान्तरण कार्यक्रम गरि जेसिज सप्ताहको कार्यक्रमको समापन गर्ने आयोजकले जनाएकोछ।

करिब ५ लाख रुपैया बराबर खर्च हुने उक्त कार्यक्रम सम्पन्न गर्न अमर गुरुङ र मेघराज काउचाले छात्रबृतिका लागि आर्थिक सहयोग गर्ने भएका छन भने कार्यक्रमको थप खर्च ब्यबस्थापनका लागि विभिन्न ब्यापारिक प्रतिस्थान र कञ्चन गाउपालिका संगको सहकार्य गरि जेसिज सप्ताहलाई सफल बनाउने जेसिजका कानुनी सल्लाहकार बाबुराम पौडेलले जानकारी दिनु भएकोछ।महासचिब राजन पौडेलको संचालनमा आयोजित पत्रकार सम्मेलनमा जेसिज सप्ताहलाई सफल बनाउन कञ्चनका सम्पुर्ण ब्यबसायी,बुद्दिजिबी समाजसेबी,शिक्षाप्रेमीहरुलाई हातेमालो गरि सहकार्य गर्न समेत कञ्चन जेसिजका अध्यक्ष चुडामणी पौडेलले आब्हान गर्नु भएकोछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • लकडाउन प्रभावित परिवारलाई राहत वितरण गर्दै अभियानता चौधरी
  • नेपाल शिक्षक संघद्धारा गलकोट नगरपालिकाको राहत कोषमा दश हजारको चेक…
  • दशगजामा सडक निर्माण कार्य अबिलम्ब रोक्न भारतलाई चेतावनी
  • समाजवादी र राजपाले दर्ता गराए संविधान संशोधन प्रस्ताव
  • माछा मार्ने कारवाहिमा
  • पश्चिम नवलपरासीको सरावलमा १ जनामा कोरोना संक्रमित, जिल्लामा संक्रमित ६…
  • प्रेस काउन्सिल नेपालद्वारा गरिएको मिडियाको विश्वसनीयतासम्बन्धी सर्भेक्षण प्रतिवेदन हस्तान्तरण
  • कोरोना अपडेट : रुपन्देही, पाल्पा, गुल्मी र नवलपरासीमा पनि थपिए
  • आज एकै दिन २२६ जनामा कोरोना संक्रमण पुष्टि
  • कोरोना संक्रमण वढ्दै जादा पनी भारतमा लकडाउन खोल्न सुरु