नेपाल वायुसेवा निगमले भदौ १२ गतेदेखि काठमाडौं जापान सीधा उडान गर्ने

प्रकाशित मिति:

काठमाडौँ –नेपाली ध्वजा बाहक विमानले भदौ १२ गतेदेखि काठमाडौं जापान सिधा उडान गर्ने भएको छ ।नेपाल वायुसेवा निगमले काठमाडौं ओसाका काठमाडौं उडान हुने बताएको हो । आगामी भदौ १२ गतेबाट जापानको ओसाकामा नियमित उडान गर्ने तयारी गरिरहेको निगमले टोकियोमा पनि उडान गर्ने भएको नेपाल वायुसेवा निगमका अध्यक्ष मदन खरेलले जानकारी दिनुभयो ।

निगमले साताको तीन दिन मंगलबार, बिहीबार र शनिबार उडान गर्ने तालिका रहेको छ । काठमाडौं ओसाकाको उडान समय ६ घण्टा ३० मिनेटको हुने निगमले बताएको छ । निगमले वाईडबडी ल्याएको करिब १४ महिनापछि नयाँ गन्तव्यमा उडान गर्न थालेको हो ।निगमले ओसाकामा हुने सबै उडान वाइडवडी ए३३०–२०० बाट हुने जनाएको छ ।