फिल्म ‘ए मेरो हजुर ४’ बन्दै

प्रकाशित मिति:

काठमाडौँ –फिल्म ‘ए मेरो हजुर ४’ बन्ने भएको छ । ‘ए मेरो हजुर ३’ को सफलतापछि निर्देशक झरना थापा ‘ए मेरो हजुर ४’ बनाउने तयारीमा लागेकी बताइएको छ ।व्यावसायिक सफलता हात पारेको ‘ए मेरो हजुर ३ु’ लाई नै निरन्तरता दिन वितरहरुहरुले आग्रह गरेपछि थापाले ‘ए मेरो हजुर ४’ बनाउन लागेकी जनाइएको छ । उनले फिल्म ‘ए मेरो हजुर ३’ बनाउनु भन्दा अघि ‘भागवत गीता’ बनाउने बताएकी थिइन् भने पछि पनि । तर अहिले भने ‘ए मेरो हजुर ४’ नै बनाउने तयारी भएको खबर आएको छ ।

‘ए मेरो हजुर ४’ मा पनि अभिनेत्रीको सुहाना थापा नै हुनेछिन् । अभिनेताको टुङ्गो भने लागिसकेको छैन । निर्माता सुनिलकुमार थापाका अनुसार आगामी वर्षको दशैंमा प्रदर्शन हुने गरी ‘ए मेरो हजुर ४’को निर्माण प्रक्रिया सुरु हुने भएको छ ।