विभिन्न कार्यक्रम गर्दै यसवर्ष नेपाली नारी समाज पोर्तुगलले तिज मनाउने

४ भाद्र २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
15 Shares


पुनम गौतम-पोर्तुगल/ नेपाली नारी समाज पोर्तुगलले तिजको अवसर पारेर विभिन्न कार्यक्रम गर्ने भएको छ । मंगलवार बसेको कार्यसमितिको बैंककले नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा जेष्ठ नागरिक सम्मान,बालबालिकाहरुको तिज गित नृत्य प्रतियोगिता गर्ने निर्णय गरेको समाजकी अध्यक्ष जयकला राइले जानकारी दिनुभयो ।

नेपालको रितिरिवाज र सस्कृतीको संरक्षण र सम्बर्द्धन गर्दै आएको समाजले गतवर्ष जस्तै यसवर्ष बृहत र पृथक तरिकाले समाजमा प्रस्तुत हुने जनाएको छ । १ सेप्टेम्बर २०१९ आइतबारका दिन अर्थात् नेपालमा दरखाने दिनमा आयोजना हुन लागेको  तीज विशेष सास्कृतिक कार्यक्रम  लाई भब्य रुपमा सफल पार्न पोर्चुगल बासी सम्पुर्ण नेपालीहरुलाइ समाजले अनुरोध गरेको छ । नेपाली कला र सस्कृतीलाई संरक्षण गर्दै परदेशी भुमिमा प्रचारप्रसार गर्ने उद्देश्यले स्थापना काल देखि मार्तिमुनिज खुल्ला पार्कमा मनाउदै आएको  तीज विशेष सास्कृतिक कार्यक्रम ू लाई रोचक, मनोरञ्जनात्मक बनाउदै दिदिबहिनीमा लुकेको प्रतिभालाई उजागर गराउने उद्देश्यले तीज गीत नृत्य प्रतियोगिताको आयोजना गर्ने निर्णय गरेको बैंककले जनाएको छ ।

प्रतियोगितामा १० बर्ष मुनिका र १० बर्ष माथिका गरि दुई ग्रुपमा बिभाजन गरि प्रतियोगिता गरिनेछ । तीज गीत नृत्य प्रतियोगितामा प्रथम र दृतिय हुनेलाइ उचित पुरस्कारको समेत ब्यवस्था गरिएको समाजकी उपाध्यक्ष मिनामाया खरेलले जानकारी दिनुभयो । प्रतियोगीहरुले यहि २७ अगस्ट मंगलबार बेलुका ६ बजे सम्म नाम टिपाउन समाजले अनुरोध गरेको छ । कार्यक्रमलाई थप सफल र भव्य बनाउनका लागि अध्यक्ष जयकला राईको संयोजकत्वमा १२१ मुल आयोजक समिती र कार्य सम्पादन उपसमितिहरु समेत गठन गरिएको छ । सम्पुर्ण नेपालीहरुलाइ उपस्थितिको लागि अनुरोध गर्दै नेपाली नारी समाज पोर्तुगलले तिजलाइ तडकभडक नबनाउन र सुरक्षालाई मध्यनजर गर्दै गरगहना नलगाउन समेत आग्रह गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया