चर्पी बस्ने बेलामा किन कानमा राखिन्छ जनै जान्नुहोंस यस्ता छन कारण

प्रकाशित मिति:

-यज्ञोपवितलाई मल मूत्र विसर्जनको पूर्व दाहिने कानमा चढाउनु पर्दछ र हात खुट्टा स्वच्छ गरेरै उतार्नु पर्दछ। यसको स्थूल भाव यो हो कि यज्ञोपवीत कम्मरभन्दा माथि नै होस् र अपवित्र नहोस्।

– यज्ञोपवीतको कुनैपनि डोरो छिन्यो भने या नयाँ जनै लगाएको छ महिना भयो भने त्यो बदल्नु पर्दछ। खण्डित यज्ञोपवीत शरीरमा हुनु हुँदैन। धागो कच्चा र फोहोर हुन लाग्यो भने पहिले नै बदल्नु पर्दछ।

– यज्ञोपवीत शरीरबाट बाहिर निकाल्नु हुँदैन। सफा गर्ने समयमा त्यसलाई घाँटीमा घुमाएर धुनु पर्दछ। भुलबस शरीरबाट निस्कियो भने प्रायश्चित गर्नु पर्दछ।

– मर्यादा बनाइ राख्नको लागि जनैमा साँचोहरु राख्नु हुँदैन। जब बालकहरु यी नियमहरु पालना गर्न सक्ने हुन्छ। तब मात्रै उनीहरुको यज्ञोपवित गराउनु पर्दछ।

चिकित्सा विज्ञानका अनुसार दायाँ कानको नसा अण्डकोष र गुप्तेन्द्रियहरुसँग जोडिएको हुन्छ। मूत्र विसर्जनको समय दायाँ कानमा जनै राख्दा शुक्राणुहरुको रक्षा हुन्छ। वैज्ञानिकहरुको अनुसार पटक पटक नराम्रो सपना आउने स्थितिमा जनै धारण गर्नुले यस समस्याबाट मुक्ति पाउन सकिन्छ। कानमा जनै राख्नुले मनुष्यमा सूर्य नाडीको जाग्रण हुन्छ। कानमा जनै राख्दा पेट सम्बन्धी रोग एवं रक्तचापको समस्याबाट समेत बच्न सकिन्छ।

शरीरको पृष्ठभागमा पीठतर्फ जानेवाला एक प्राकृतिक रेखा हुन्छ। जो विद्युत प्रवाहको रुपमा काम गर्दछ। यो रेखा दायाँ काँधबाट लिएर कम्मरसम्म स्थित हुन्छ। जनै धारण गर्दा विद्युत प्रवाह नियन्त्रित हुन्छ। जसका कारण काम(क्रोधमा नियन्त्रण राख्नमा सहज हुन्छ।

जनैबाट पवित्रताको अनुभूति हुन्छ। यसले मनको नराम्रो कार्यबाट बचाउँछ। सम्मानका साथ काँधमा जनै हुने मान्छे कमै होलान् जो भ्रष्टाचारमा संलग्न भएको होस्।