अन्तत : रवि लामिछानेकी पत्नी निकिताले पनि दर्ता गरिन् प्रहरीमा उजुरी हेर्नुहोस् !

प्रकाशित मिति:

काठमाडौं– पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा प्रहरीको हिरासतमा रहेका सञ्चारकर्मी रवि लामिछानेकी पत्नी निकिता पौडेलले जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुखसहित ३ जनाविरुद्ध उजुरी दिएकी छन् । निकिताले महानगरीय प्रहरी परिसर काठमाडौंमार्फत उजुरी दिएकी हुन् । निकिताले दर्ता गरेको उजुरीमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्ल, प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष तथा जनआस्था साप्ताहिक पत्रिकाका सम्पादक किशोर श्रेष्ठ र नेपालआजडट्कम नाम अनलाइन समाचार पोर्टलका सम्पादक संकेत कोइरालालाई विपक्षी बनाइएको महानगरीय प्रहरी परिसर काठमाडौं स्रोतले जनाएको छ ।

निकिताले दायर गरेको उजुरीमा विपक्षी तीनै जनामाथि विद्युतीय प्रमाण किर्ते गरेको अभियोगमा छानबिन गरी कारबाही गर्न माग गरिएको परिसर स्रोतले जानकारी दियो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले निकिता पौडेल उजुरी दर्ता गर्न आएको पुष्टि गरे । ‘अहिले उहाँहरु उजुरी दर्ता गर्न भनेर यहाँ आउनुभएको छ, उजुरी दर्ताको प्रक्रिया चलिरहेको छ,’ एसएसपी सुवेदीले खबरहबसँग भने ।निकिताले दायर गरेको उजुरीमा विपक्षी तीनै जनामाथि विद्युतीय प्रमाण किर्ते गरेको अभियोगमा छानबिन गरी कारबाही गर्न माग गरिएको परिसर स्रोतले जानकारी दियो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले निकिता पौडेल उजुरी दर्ता गर्न आएको पुष्टि गरे । ‘अहिले उहाँहरु उजुरी दर्ता गर्न भनेर यहाँ आउनुभएको छ, उजुरी दर्ताको प्रक्रिया चलिरहेको छ,’ एसएसपी सुवेदीले खबरहबसँग भने ।