नेकपा सांसदको आरोप – डलर खाएर रविको पक्षमा आन्दोलन भइरहेको छ

प्रकाशित मिति:

काठमाडौं– राष्ट्रिय सभामा शालिकराम पुडासैनी मृत्यु प्रकरण र रवि लामछिानेको पक्षमा भइरहेको आन्दोलनका बारेमा सांसदले कुरा उठाएका छन् । राष्ट्रिय सभाका सांसद एवं नेकपाका नेता खेमकुमार विकले रविको पक्षमा मंगलबार राजधानीमा भएको प्रदर्शन कुन शक्ति केन्द्रको आडमा डलर खाएर भएको छ ? भन्दै प्रश्न गरे । राष्ट्रिय सभाको विशेष समयमा बोल्दै सांसद विकले राज्यले आवश्यक ढंगले कानुनको सहायतमा सबै नागरिकलाई छानवीन गर्न पाउने भन्दै लामिछानेमाथि छानवीन गर्दा जुलुस र धर्ना हुनु गलत भएको बताए ।

‘राज्यले आवश्यक ढंगले कानुनको सहायताले सबै नागरिकलाई छानवीन गर्न पाउँछ । जीउधनको ग्यारेन्टी गर्ने दायित्व राज्य हो’ उनले भने,‘मंगलवार माइतीघर मण्डलाबाट सिंहदरवार, बबरमलको निषेधित क्षेत्रमा भीडको उत्तेजित नाराहरु र क्रियाकलापहरुको प्रत्यक्षदर्शी म पनि हुँ ।’ आन्दोलनकारीले वियरको वोतलमा प्रज्वोलित पदार्थ पेट्रोल लिएर प्रदर्शनमा उत्रिएको र त्यसबारे आफूले प्रहरी अधिकारीलाई जानकारी गराएको उनले बताए । ‘आज विभिन्न कारण मानिसहरु आत्माहत्या गर्ने काम भइरहेको छ । त्यसमा राज्यले छानवीन गर्न पाउनुपर्छ’ उनले भने त्यसका नाममा प्रधानमन्त्रीको नाममा पुत्ला दहनदेखि गृहमन्त्रीको राजीनामा, साथै उच्चाहरण नै गर्न नसकिने शब्द बोलेर आन्दोलन गरिरहेका छन् ।’