सन्नी लियोनी नेपाल आउँदै

प्रकाशित मिति:

काठमाडौं – पोनस्टार तथा बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आउने भएकी छिन् । आफूले आइटम डान्स गरेको नेपाली फिल्म ‘पासवर्ड’ को प्रिमियरमा उनी नेपाल आउने भएकी हुन् ।

सन्नीले एक भिडियोमार्फत आफू नेपाल आउन लागेको बताएकी छिन् । भिडियोमार्फत उनले नेपाललाई सम्बोधन गर्दै आफू नेपाल आउन लागेको बताएकी छिन् । उनले ११ सेप्टेम्बरमा नेपाल आउने जानकारी भिडियोमार्फत गराएकी छिन् । भदौ १३ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘पासवर्ड’ मा सन्नी लियोनीको एक आइटम गीत समावेश छ । काठमाडौंमा उनी ३ दिनसम्म बस्ने फिल्म टिमले जनाएको छ ।