कपिलवस्तुमा तीनछट्ठी पर्व मनाइदै

प्रकाशित मिति:

कपिलवस्तु – कपिलवस्तुमा आज तीन छट्ठी पर्ब हर्ष उल्लासका साथ मनाइदै छ । बिहानैदेखि कुश र महुवाको रुखको पात लिनका लागि तिलौराकोटमा भीडभाड लागेको थियो । जिल्लाको सदरमुकाम तौलिहवा स्थित मुल नहरको छेउमा, जिल्ला प्रहरी कार्यालयको अगाडि र आर्मी क्याम्प भित्रको मन्दिरमा यहा“का महिलाहरुले कुसको पातमा गाँठो पारी पूजा आर्जा गरी छोराको दीर्घायु र सुस्वास्थको कामना गरेका छन् ।

हिन्दू धर्म अनुसार महिलाहरु नया“ लुगा लगाई दिनभर भोकै बसी छोराको जीवन रक्षा तथा लामो आयुका लागि पलासको पात, महुवाको पात, महुवा, दही राखी पूजा गर्ने परम्परा रहेका छ । त्यस्तै कुशमा ५ वटा गाठो पारी पूजाआजा गरी एकै ठा“उमा भेला भई गीत गाउने तथा कथा प्रवचन गर्ने चलन छ । प्रशोधित सामग्री प्रयोग नभएका प्राकृतिक फलफूल र पकवानहरु दही, महुवा, साग र जंगलीधान तिन्नीको चामलको भात लगायतका सामग्री र फलफूलको प्रसाद ग्रहण गर्ने चलन रहेको छ ।