युएईमा हुने तीज सांस्कृतिक धमाका २०१९ को तयारी पूरा

प्रकाशित मिति:

सबलपोस्ट /युएई – मितेरी समाज युएईले आउदो ३० अगस्ट २०१९ शुक्रबारका दिन नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अबसर पारेर नेपाली दिदिबहिनिहरुलाई तीजको शुभकामना आदान प्रदान गर्न आयोजना गरेको तीज सांस्कृतिक धमाका-२०१९ को तयारी पूरा भएको छ ।

नजिकिदै गरेको तीजमा परदेशमा भएका चेलिलाई पनि माईतिको झल्को दिलाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको आयोजकको भनाई रहेको छ । कार्यक्रममा राष्ट्रीय कलाकार राजु ढ़काल, समझना लमिछाने, फ़्यूज़न डान्स ग्रूप दुबई साथमा युएईमै रहेर लामो समयसम्म कलाकारितामा लागिरहेका कलाकारहरुको समेत बेजोड प्रस्तुती रहने कार्यक्रम संयोजक दिब्या सुब्बाको भनाई छ ।

राष्ट्रीय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतिबाट उपस्थित सम्पुर्ण दर्शकहरुले भरपुर मनोरञ्जन लिन सक्ने मितेरि समाज यूएईका अध्यक्ष प्रदीप पुन मगर बताउछन । अलऎनको लियाली बन्फ़सज हॉस्पिटैलिटीमा यहि ऑगस्ट ३० तारिक २०१९ शुक्रबारका दिन दिनको ठिक २ बजे शुरु हुने उक्त कार्यक्रममा उपस्थित भई दिनुहून सम्पूर्ण नेपाली दाज़ुभाई दीदीबहिनीहरूलाई अनुरोध गरेका छन ।