‘रविजी पत्रकार नै होइन, उहाँलाई किन जबरजस्ती पत्रकार बनाईंदै छ ?’- किशोर श्रेष्ठ

प्रकाशित मिति:

काठमाडौं– प्रेस काउन्सिल नेपालका अध्यक्ष तथा पत्रकार किशोर श्रेष्ठले रवि लामिछाने पत्रकार नभएको बताएका छन् । एक अन्तर्वार्ताका क्रममा श्रेष्ठले रवि लामिछाने पत्रकार नै नभएको बताएका हुन् । पत्रकार ऋषि धमलासँगको अन्तर्वार्ताका क्रममा श्रेष्ठले प्रश्न गरे,‘उहाँले आफैं भनिरहनुभएको छ म पत्रकार होइन, प्रेस पास लिन्न तपाईं किन उहाँलाई जबरजस्ती पत्रकार बनाइरहनु भएको छ ?’ त्यसपछि पत्रकार धमलाले प्रश्न गरे : उसो भए रवि जी पत्रकार होइन ? किशोर श्रेष्ठ : सारा मेन स्ट्रिमका मिडिया हेर्नुहोस्, टिभि कार्यक्रम प्रस्तोता भनेर लेखेको छ । पत्रकार उहाँले नै होइन भनिरहनुभएको छ त तपाईं को उहाँलाई पत्रकार भन्ने ? ऋषि– किन उहाँ पत्रकार होइन ? किशोर श्रेष्ठ– सूचना विभागलाई न्यूज २४ ले पठाएको विवरणमा रविको कर्मचारी नम्बर १९ भनेको छ । एउटा विदेशी कर्मचारी कसरी हुन्छ ? श्रम इजाजत पनि थिएन । उहाँले मलाई कसले छुन सक्छ भन्दै सिस्टमलाई च्यालेन्ज गर्नुभयो । उहाँ चाहिं के कानून भन्दा माथि हो ? उहाँको बारेमा छानविन गर्न नपाउनु ? कानुन तोडेर बस्ने मान्छे उहाँ चाहिं के त ? अरुलाई औंला ठड्याउने मान्छो आफू शुद्ध हुनु पर्दैन ?

ऋषि– आज नेपाली जनता रविको पक्षमा छन्, सडकमा छन्… किशोर श्रेष्ठ– सडकमा आउन नेपालमा छुट छ नि ! विचार राख्न छुट छ । लोकतन्त्र मानिएको देश । हिजोजस्तो अभिव्यक्ति स्वतन्त्रा छ । अन्त कतै नभएको पूर्ण प्रेस स्वतान्त्रता छ । संविधानको धारा २७ ले सूचनाको हकसँगै धारा २८ ले गोपनीयताको हक पनि दिएको छ । तपाईले आफ्नो अधिकार उपयोग गर्दा अरुको अधिकार स्वतन्त्रता उल्लंघन गर्न पाउनु हुन्न । रवि लामिछाने निष्पक्ष हो उसलाई जोगाउनुपर्छ भनिरहँदा यसलाई चाँहि जिउँदै आगो लगाएर मार्छु भनेर तपाईले भन्न पाउनु हुन्न । त्यस्तो भनिएको भिडियो आएको छ । प्रण्डलाई त्यस्तो भनिएको छ जो देशको दुई पटक प्रधानमन्त्री बन्नु भएको छ । प्रचण्डको छोरी जनताबाट निर्वाचित मेयर र दानबहादुर मल्ल राज्यले पत्याएर पठाएका एसपी छन् । अनि उहाँलाई हिरासतमा बस्नु परो भनेर त्यसको काउन्टरको रुपमा किशोर श्रेष्ठ, दानबहादुर मल्ललगायतलाई अर्को मुद्दा लगाएर अल्झाइदिउ भनेर हुन्छ ।

ऋषि– एउटा पत्रकारलाई जोगाउन प्रेस काउन्सिल, पत्रकार महासंघ किन नहिँडेको ? किशोर– जब आफैले पत्रकार म पत्रकार होइन भनिरहनुभएको छ त तपाईं जबरजस्ती उहाँलाई किन पत्रकार बनाउन खोज्दै हुनुहुन्छ । ऋषि– उहाँले म सञ्चारकर्मी हो भनिरहुन भएको छ …. किशोर श्रेष्ठ– उहाँले के भनिरहनु भएको छ भने घटनाको निष्पक्ष छानवीन हुनुपर्छ म सघाउन तयार छु भनेको होइन ? जानुभयो त उहाँ सघाउन आफैं ? सघाउने भनेको के हो अदालत गएर बयान दिने हो । सघाउने भनेको के हो ? प्रहरीकहाँ गएर मेरो प्रमाण यो हो, म चोखो छु भन्ने हो । म माथि मिथ्या दोष आइलाग्यो भन्न जाने हो ।

ऋषि– जनताले यो कुरालाई विश्वास गर्न सकिरहेका छैनन्, प्रदर्शन गरिरहेका छन् त फेरि ? किशोर श्रेष्ठ– जनताको कुरा नगर्नुस् । तपाईलाई के लागिरहेको छ ? तपाईलाई पनि ५७ दिन थुनेर यातना दिइयो । कुटनीतिक, अन्तर्राष्ट्रिय मिडियाले साथ दियो तपाईका हकमा । तपाई नेपालको कानून मानेर हिँड्नु भएको थियो त्यही भएर तपाईको पक्षमा सबै उर्लिए । मैले उहाँ(रविजी)को अपमान गर्न खोजेको होइन, मै हुँ भन्ने कुन नेपाली पत्रकार उहाँको पक्षमा आएको छ ? मै हुँ भन्ने राजनीतिज्ञको आएको छ अगाडि ? मै हुँ भन्ने कर्मचारीतन्त्रबाट को बोलेको छ ? भ्रममा कहिलेपनि बस्नु हुँदैन । भीडको भ्रममा बाँच्ने मानिसहरुको जिन्दगी, करियर क्षणिक हुन्छ । कर्ण हेजुलाई त्यही भीडले भक्तपुरमा जितायो । नारायणमान विजुक्छेंले नै टिकट दिनु भएको थियो । तर त्यही भीडले नै कर्ण हेजुलाई २०४५ सालमा सडकमा घिर्सार्दै पीनले रोप्दै, छाताले घोच्दै मार्यो । त्यही भीडले रोहितलाई जेलमा हाल्यो । त्यसैले आजको भीडलाई हेरेर कसैले पनि म वादशाह हुँ भन्ने नसोचे हुन्छ ।

ऋषि– रविको गिरफ्तारीको ग्रयान्डडिजाइनमा किशोरसहित धेरैको नाम जोडिएको छ.. किशोर श्रेष्ठ– के किशोर श्रेष्ठ उहाँको प्रतिस्पर्धी हो ? के किशोर श्रेष्ठले उहाँको खोरिया फाड्दिएको छ ? उहाँको कुनै कार्यक्रलाई आँच पुराउने काम गरेको छ ? उहाँको साहु अनिल जोशी बारे धेरैलाई थाहा छ । इराकमा १२ जना नेपाली मारिदा काठमाडौं नै ध्वस्त हुने अवस्था बनेको थियो । ति १२ जना नेपालीलाई कसले पठाएको थियो ?कसको म्यानपावरले पठायो ? अनिल जोशीको म्यानपावरले ? इतिहासको हेक्का राखियोस् । रवि लामिछानेको पछाडिको भीडको डरले भन्न डराउने चितवनका तिलक गैरेले मसँग यति पैसा मागियो मैले यति बुझाए भने । शंकरापुरको एउटा कलेजसँग कति पैसा उठाइयो ? उहाँको भाग कति हो ? उहाँको टीमले कति उठायो ? छानवीन हुँदै गर्ला । भीडको दवावले अहिले म बोल्न रोकिउँला । तर अर्को पुस्ताले सत्यको उत्खनन गवर्छ । त्यसैले क्षणिक लहडमा उम्लिन पर्ने छैन ।
तिनै जनताले सजाय पनि दिएका छन् पुरस्कार पनि दिएका छन् ।

ऋषि– सालिग्रामको भिडियो प्रकरणमा रविको संलग्नता छ त्यसो भए ? किशोर– त्यो मैले भन्ने होइन । ऋषि– तपाईले त हेर्नुभयो अध्ययन गर्नुभयो किशोर– मैले भने नि त्यो कन्टेन्टमा जाने होइन । त्यो अनुसन्धानकर्ताले पत्ता लगाउने हो । तर कुरा के हो र घाम जत्तिकै छर्लङ्ग के हो भने त्यो भिडियोमा शालिकरामले केही कुरा बोलेका छन् । ऋषि– बोलेको भरमा गिरफ्तारी गर्न मिल्छ ? किशोर श्रेष्ठ– अपराध संहिता हेर्नु भएको छ ? नयाँ नयाँ कानून बनेका छन् । यस्तै यस्तै प्रवृतिको कारणले हो । मिडिया काउन्सिल विधेयक ल्याएर पत्रकारलाई अलि कसिलो बनाउँ भन्दा हामीले नै होइन नगरौं भनेर सरकारविरुद्ध जुटेको होइन ? ऋषि– त्यसो भए शालिकरामको आत्महत्यामा रविको संलग्नता छ ? किशोर– मैले त्यसो भनिन । त्यो भिडियोले धेरै भनेको छ । त्यो अनुसन्धानकर्ताले भन्लान् ।

ऋषि– होइन तपाईले क्लियर कट बताउनु परो नि । तपाई प्रेस काउन्सिलको कार्यावहाक अध्यक्ष हो । किशोर– अनुसन्धान गर्ने, आरोप लगाउने, रविलाई फसाउने वा चोख्याउने काम प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षको काम होइन । मेरो काम भनेको पत्रकारले पत्रकार आचारसंहिता पालन गरो कि गनेर हेर्ने हो । ऋषि– शालिकरामको आत्महत्यामा कसको कति प्रतिशत हात छ ? किशोर– शालिकराम पुडासैनीको आत्महत्या अघिको भिडियोमा तीन जनाको नाम लिइएको छ तपाईले हेरेको पनि त्यही हो मैले हेरेको पनि त्यही हो । ऋषि– यी तीनै जना दोषी हुन्छन् कि निर्दोष भएर क्लिन चिट लिएर आउँछन् ? ठ्याक्कै भनिदिनुस् किशोर–मेरो शुभकामना छ निर्दोश भएर आउनुहोस् । उहाँहरुमाथि लगाइएको आरोप छ भने धुमिल होस् । ऋषि– चितवनको भीडले त दवाव दिइरहेको छ नि ! नगरिदिए हुन्थ्यो । उहाँले रवि जीको स्वास्थ्यमा ख्याल र चिन्ता प्रकट गर्नु भएको छ त्यो सकारात्मक छ । ऋषि– तपाईसँग सत्तासँग अदालतसँग पहुँच छ । अहिलेआएर तपाईकै कारणले रवि जेल जानु पारे भनिरहेका मानिसले ? किशोर श्रेष्ठ– त्यसो भएत शालिकरामले रविजीलाई फसाउन, किशोर श्रेष्ठलाई गुन लगाउन आत्महत्या गर्नुभयो भने भै हाल्यो नि, के त्यसै हो ? शालिकरामले मर्दामर्दै त्यही गुण लगाएको र रविजीलाई वैगुन लगाएको हो ? के भन्न खोजिएको हो ?

ऋषि– ‍तपाईत रविको भन्डाफोर गर्न लागिरहनु भएको छ ? किशोर– भन्डाफोर गरेको रुपमा नलिइयोस् । उहाँले दिनदुखिको उद्दार गर्नु भएको होला । आवाजविहीको आवाज बोलिदिनु भएको होला तर त्यसो भनेर उहाँको सारा वैगुन क्षम्म हुन्छ त ? उहाँको जीवनको अर्को पाटो छैन ? ऋषि– उहाँको अर्को पाटो बताइदिनुस् त किशोर– नैतिक रुपमा चारित्रक रुपमा कतिको सद्ध हुनुहुन्छ ? उहाँले केही महिना अघि सोमबार विहान म चौथो श्रीमती विहे गर्दैछु भन्दा डेढ घन्टामा साढे् १४ हजार लाइक त्यसमध्ये धेरै महिलाको । उहाँले तीनजना महिलालाई अन्याय गरिसक्नु भयो बहुपत्नी प्रथामा गइसक्नु भयो । तर त्यसलाई महान भनेर बधाइ दिने हामी यही समाजका भीड हौं । ऋषि– रविजी लगायत तीन जनालाई जेलमा सडाउने रणनितीमा सफल हुनुभयो त्यसो भए ? तपाईले एकदम ट्वीस्ट गर्नुभयो । मैले षड्यन्त्र गरेको छैन र गर्नुपनि छैन । गर्दिन पनि । म विशुद्ध पत्रकारिता गर्छु । म मरेर बाँचेको छु । पत्रकारहरुलाई थुनामा पर्दा मैले धेरै पत्रकारलाई बचाएर ल्याएको छु ।