पार्टी एकताको १५ महिनापछि प्रचण्डले पाए ‘कार्यवहाक’ जिम्मा

प्रकाशित मिति:

काठमाडौं – सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको १५ महिनापछि ‘कार्यवहाक’ जिम्मा पाएका छन्।१५ महिनाअघि तत्कालीन एमाले र माओवादीबीच पार्टी एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को गठन भएको थियो । जसमा दुई अध्यक्षात्मक व्यवस्था रहँदै आएको छ।

बिहीबार बसेको नेकपा सचिवालय बैठकले प्रचण्डलाई कार्यवहाकको जिम्मा दिने निर्णय गरेको छ। प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा प्रचण्डलाई सचिवालय बैठकको अध्यक्षता गर्ने अधिकार दिइएको हो। दुई अध्यक्षात्मक व्यवस्था रहँदै आएपनि यसअघि ओलीको अनुपस्थितिमा सचिवालय बैठक बस्ने गरेको थिएन्।

आज उनले प्रचण्डलाई आफ्नो अनुपस्थितिमा पनि सचिवालय बैठकको अध्यक्षता गर्ने जिम्मा सुम्पिएका हुन्। उनी आजै उपचारका लागि सिंगापुर प्रस्थान गर्दैछन्। उनको सिंगापुरको बसाई केही लामो हुने भएको छ।