फोर्ड कम्पनीको वर्कशपमा आगलागी, ५ वटा गाडी जलेर नष्ट

प्रकाशित मिति:

काठमाडौं– काठमाडौंको बालाजु औद्योगिक क्षेत्र भित्र रहेको अमेरिकी मोटर उत्पादक कम्पनी फोर्डको वर्कशपभित्र आगलागी भएको छ ।औद्योगिक क्षेत्रभित्र भएको आगलागीका कारण वर्कशपमा रहेका ५ वटा गाडी जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तम सुवेदीले सेना, प्रहरी तथा सशस्त्र प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको जानकारी दिए  ‘आगो अहिले नियन्त्रणमा आइसकेको छ,’ एसएसपी सुवेदीले खबरहबसँग भने, ‘अहिले क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ ।महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तम सुवेदीले सेना, प्रहरी तथा सशस्त्र प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको जानकारी दिए  ‘आगो अहिले नियन्त्रणमा आइसकेको छ,’ एसएसपी सुवेदीले खबरहबसँग भने, ‘अहिले क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ ।