रवि लामिछानेको समर्थनमा बुटवलमा प्रदर्शन गरिँदै

प्रकाशित मिति:

राम प्रसाद भण्डारी / बुटवल – सञ्चारकर्मी रवि लामिछानेको समर्थनमा बुटवलमा बिहीवार प्रदर्शन गर्न लागिएको छ । न्युज २४ को कार्यक्रम सिधाकुरा जनतासँग कार्यक्रमका प्रस्तोता लामिछानेलाई सुनियोजित तवरले फसाउने प्रयास गरिएको भन्दै स्थानीय ,युवा,बिध्यार्थी एबम बुद्धिजिबीको उपस्थितीमा दबावमूलक प्रदर्शनको आयोजना गर्न लागिएको हो ।

पत्रकार सालिकराम पुडासैनी आत्महत्या अनुसन्धानको नाममा पक्राउ गरिएका सञ्चारकर्मीद्वय लामिछाने र युबराज कंडेलको विषयमा निष्पक्ष छानबिन हुनुपर्ने मागसहित प्रदर्शन गर्न लागिएको तरुण युवा नेता अमृत गिरीले बताए ।

चौतर्फी रुपमा लामिछानेको पक्षमा आवाज उठ्न थालेसँगै स्थानीय नगरवासीसँगको सहकार्यमा बाइक र्याली सहितको प्रर्दशन आज साझ ४:०० बजे मणिग्राम जम्मा भएर शंकरनगर, योगिकुटि,राजमार्ग चौराहा,हस्पिटल लाईन,अमर पथ ,हाटवजारलाईन,गोलपार्क हुदै महेन्द्र पार्कमा कोणसभामा परीणत हुने गिरीले जानकारी दिए ।