शालिकराम पुडासैनी मृत्यु र रवि लामीछाने प्रकरणमा रेनु दाहालको विज्ञप्ति

५ भाद्र २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
214 Shares


चितवन । नुवाकोटका पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा सरोकारै नभएका राज्यका उच्च पदस्थ नेतृत्व र भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाललाई जोडेर भ्रामक प्रचार गर्ने काम भएको भन्दै महानगरपालिकाकी मेयर रेनु दाहालले आपत्ति जनाएकी छिन् । सामाजिक सञ्जालको दुरुपयोग गरेर कपोकल्पित, मनगढन्ते अनगर्ल तथा भ्रामक विचारहरु सम्प्रषण गर्ने, अपशब्द प्रयोग एवम् गालीगलौज गरी व्यक्तिको वैयक्तित स्वतन्त्रतामाथि मानमर्दन गर्ने र अराजक परिस्थिति सिर्जना गर्ने प्रवृत्ति देखिनु दुखद भएको दाहालले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

घटनासँग कुनै पनि सम्बन्ध नभएका व्यक्ति एवम् संस्थालाई जोडेर अनावश्यक टिकाटिप्पणी र घटनालाई विषयान्तर नगर्न पनि दाहालले सबैसँग अनुरोध गरेकी छिन् ।महानगरपालिकाले घटनाको निष्पक्ष छानबिन गरी शीघ्र न्यायिक निरुपण गर्न पनि सबै पक्षसँग अनुरोध गरेको छ। गत साउन २० गते पत्रकार पुडासैनीले चितवनको कंगारु होटलमा आत्महत्या गरेका थिए । सोही प्रकरणमा टेलिभिजनकर्मी रवि लामिछानेसहित ३ जना पक्राउ परेर अनुसन्धानको क्रममा रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • चौधरी फाउण्डेशनद्वारा मन्त्री बराल मार्फत अस्पताललाई भेन्टिलेटर हस्तान्तरण
  • तरूण विभागद्वारा कालिन्चोकका बाढीपिडितलाई राहत हस्तान्तरण
  • शेयर बजारमा अनलाइन प्रयोगकर्ता ५७ हजार
  • प्रदेश ५ को सामाजिक विकास मन्त्रालयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि
  • पश्चिम नवलपरासीमा शनिबार देखी एक हप्ता सम्म निषेधाज्ञ
  • लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष खड्का पक्राउ
  • रुपन्देहीमा थप ११ जनामा कोरोना संक्रमण
  • सिन्धुपाल्चोक पहिरो : चारको शव भेटियो, ३४ बेपत्ता
  • लायन्स क्लब अफ बुटवल जितगढीद्वारा गुल्मीका पहिरो पीडितलाई सहयोग !
  • घ्याल सुम्दो सेवा संस्था अमेरिकाको बैठक सम्पन्न,महासचिवमा छोन्जोम लामासहितका पदाधिकारीहरु…