आईटीएफ तेक्वान्दो विश्व च्याम्पियनसिपको लागी छ सदस्यीय खेलाडी सहित बाग्लुङको टोली बुल्गेरीया प्रस्थान गदै

प्रकाशित मिति:

 कौरव खत्री, गुल्मी ५ भदौ । २१ औ आई।टी।एफ। तेक्वान्दो विश्व च्याम्पियनसिपको लागी नेपालबाट २४ सदस्यीय टोली बुल्गेरीया प्रस्थान गर्न भएको छ । जसमा गण्डकी प्रदेशको बाग्लुङ जिल्लाबाट चार खेलाडी र दुई जना प्रशिक्षक सहित छ जना समावेश हुन सफल भएका छन् । बाग्लुङबाट खेलाडी आकाशचन्द्र घर्ती मगर,बसन्ती बुढामगर,दिनेश बुढा मगर,सुनिता भण्डारी तथा प्रशिक्षक जोग लाल बुढामगर, आईटिएफ बाग्लुङका अध्यक्ष दीपेन्द्र श्रेष्ठ सहित को टोली आज राती १ बजे त्यस तर्फ प्रस्थान गर्न आईटिएफ बाग्लुङका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए ।

आगामी शनिवारदेखि बुल्गेरियामा सुरु हुने २१ औँ आई।टी।एफ। तेक्वान्दो विश्व च्याम्पियनसिपमा प्रतियोगितामा विश्वका १ सय भन्दा बढी देशका करिब तीन हजार खेलाडीले विभिन्न विधामा प्रतिस्पर्धा गर्न अन्तराटिष्य प्रशिक्षक घम बहादुर थापाले जानकारी दिए ।