कारबाहीको माग गर्दै स्थानियद्वारा मणिमुकुन्द सेन उद्यानमा प्रदर्शन

प्रकाशित मिति:

हरिश ढकाल— केहीदिन अघि मणिमुकुन्द सेन उद्यानको चितुवाको खोरमा लुकाई राखेको अवस्थामा फेला परेको काठका दोषीमाथि तत्काल कडा भन्दा कडा कारबाहीको माग गर्दै आज स्थानियले बिरोध प्रदर्शन गरेका छन । फुलबारी भित्र चितुवाको खोरमा र बाहीर फेला परेको ३७ थान काठका गोलियाहरु लुकाउने मणिमुकुन्द सेन उद्यान समिति, पदाधिकारी र कर्मचारीमाथि छानविन नगरि घटनालाई अन्यत्रै मोड्न खोजेको भन्दै बुटवल उपमहानगर वडा नम्बर १ र २ का आम उपभोक्ता एवं सर्वसाधारणले बिरोध प्रदर्शन गरेका हुन ।

काठ तस्कर र भ्रष्टाचारीलाई कारबाहीका लागि दवाव दिने उद्देश्यले आयोजित सो कार्यक्रममा बोल्ने बक्ताहरुले स्थानिय प्रशासन र जिल्ला वन कार्यालयले मणिमुकुन्द सेन उद्यान फुलवारी परिसर भित्र जथाभावी अबैध रुपले रुख कटान कटान गरिएको भन्दै दोषीलाई हदैसम्मको कारबाहीको माग गरिएको थियो । कार्यक्रममा बक्ताहरुले सो काठ तस्करीमा मणिमुकुन्द सेन उद्यान समिति, पदाधिकारी र कर्मचारीको मिलोमतो रहेको दावी गर्दै समितिका पदाधिकारीले राजीनामा दिई छानविनका लागि मार्ग प्रसस्त गर्नु पर्ने समेत माग गरेका छन ।

सो बिरोध प्रदर्शन तथा भण्डाफोर कार्यक्रमममा तत्कालिन बुटवल सामुदायिक वन उपभोक्ता समुहका निर्वाचित अध्यक्ष माधवप्रसाद प्रधान, उपाध्यक्ष जुद्ध बहादुर केसी, सदस्य बिष्णुमान श्रेष्ठ, सल्लाहकार टिकाराम शर्मा लगाएतका बक्ताहरुले मणिमुकुन्द सेन उद्यान समिती, वडा नम्बर १ र २ का वडाध्यक्षहरु, कर्मचारी र केही वन तस्करहरुको साँठगाँठका कारण सो क्षेत्रको वन पैदावर, ढुंगा, माटो लगाएतका पदार्थहरु तस्करी भैरहेको बताए । चोरीको काठमा मुछिएपछि समितिका पदाधिकारी र कर्मचारीले तत्काल राजीनामा दिनु पर्ने र प्रहरी प्रशासन एवं जिल्ला वन कार्यालयले कारबाहीको प्रकृया अघि बढाउनु पर्ने कुरामा उनिहरुको जोड रहेको थियो ।