कृर्षिजन्य बस्तुको आयातमा नियमन र नियन्त्रण गर्नुपर्नेमा जोड

५ भाद्र २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
19 Shares


सरकारले कृर्षिजन्य बस्तुको आयातमा नियमन र नियन्त्रण गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । भारतबाटआयातित विषादि युक्त तरकारी र फलफुल निर्वाध नेपाल आउन दिनु सरकारी लाचारीपन भयमा कार्यपत्र प्रस्तुत गदैं मोर्चाका केन्द्रीय उपाध्यक्ष केबी गुरुङले वास्तविक किसान र कृर्षिकर्ममा लागेकाहरुको पहिचान गरि उनीहरुलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिनुभयो ।

कृर्षिजन्य वस्तुको आयात विस्थापन गरि आत्मनिर्भर र निर्यातमुखी बनाउंनका लागि सरकारलेक्रान्तिकारी भुमीसुधार लागु गर्नुपर्ने उहांले खांचो औल्याउंनुभयो ।अखिलनेपा किसान महासंघ क्रान्तिकारीका महासचिव धनेश्वर पोख्रेलले कृर्षि उत्पादन र किसान समस्या समाधानका लागि कृर्षि क्रान्तिको विकल्प नभएको बताउंनुभयो । बुटवल उपमहानगरपालिकाका कृर्षि शाखा प्रमुख सन्तोष जीसीले सरकारको नीति फितलो भएका कारण कार्यान्वयनमा समस्या भएको बताउंनुभयो । मोर्चाका जिल्ला अध्यक्ष आरपी शर्मा पोख्रेलको सभापतित्व,सचिव मुजीव अलीको सञ्चालनमा भएको कार्यक्रममा मोर्चाका प्रदेश उपाध्यक्ष पिताम्बर आचार्य,राजमो,रुपन्देहीकाएको उनीहरुले आरोप लगाएका छन् ।देशभक्त जनगणतान्त्रिक मोर्चा–नेपाल,रुपन्देहीको आयोजना तथा प्रदेश ५ को संयोजनमा बुटवलमा भएको विषादीयुक्त तरकारी तथा फलफुल आयात र त्यसले पारेको असर विषयक अन्तरक्रियामा बोल्ने सरोकारवालाहरुले उक्त कुरामा जोड दिएका हुंन् ।कार्यक्रममा उल्लेखित विषसचिव तानबहादुर केसी,लुम्बिनी फलफुल तथा थोक व्यवसायी महासंघका अध्यक्ष केशव कुंवर लगायतले बोल्नु भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया