रवि लामिछानेको रिहाईको माग गर्दै देशभर प्रदर्शन : वुटवलमा उर्लियो जनसागर

प्रकाशित मिति:

काठमाडौं । सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलको समर्थनमा देशभर प्रदर्शन जारी छ । पोखरा, चितवन, झापा, सुर्खेत, इलाम, विराटनगर लगाएतका विभिन्न ठाउँमा युवा जमातले लामिछाने र कँडेलको समर्थनमा स्वतस्फूर्त –याली निकालेका छन् ।हातभरि प्लेकार्ड बोकेर चर्को घाममै बुटवलमा युवा जमातले सञ्चारकर्मी लामिछानेको रिहाईको माग गरेका छन् । उनीहरुले पत्रकार सालिकराम पुडासैनी प्रकरणमा कारवाहीको माग गर्दै, निर्दोष रवि लामिछाने र युवराज कंडेललाई बिनासर्त रिहा गर्न माग गरेका थिए ।स्वतस्फूर्त स्वतन्त्र युवाहरुको आह्वानमा पुष्पलाल पार्कदेखि मणिग्रामसम्म बाइक –यालीको आयोजना गरिएको थियो । सोही –यालीलाई बुटवल ट्राफिक चोकमा पु–याई कोणसभामा परिणत गरिएको थियो । कार्यक्रममा उल्लेख मात्रामा युवा, महिला तथा विद्यार्थी र बौद्धिक बर्गका ब्यक्तिहरुको सहभागीता थियो ।

कार्यक्रममा सहभागी धेरैले रवि लामिछानेलाई फसाउन खोजिएको भन्दै त्यसको बिरोध मात्रै गरेनन्, सरकारको मिडियामाथिको हस्तक्षेपको समेत बिरोध गरेका थिए । कार्यक्रममा सहभागी तथा संयोजन गरेका युवा अर्जुन क्षेत्रीले आफूहरुको आन्दोलन न्यायको लागि भएको भन्दै रविलाई अनावश्यक मुद्दामा जोडेर सारा नेपाली माथि अन्याय भएको बताए ।यस्तै सञ्चारकर्मी लामिछानेको समर्थनमा सुर्खेतमा पनि प्रदर्शन भएको छ । दोषीलाई कारबाही गरिनुपर्ने भन्दै निर्दोष लामिछानेलाई रिहाईको माग गर्दै युवाहरु प्रदर्शनमा उत्रिएका हुन् ।वीरेन्द्रनगरको मंगलगडी चोकबाट शान्तीपूर्ण ¥याली निकाल्दै वीरेन्द्रनगर बजार परिक्रमा गरी पिपल चौतारामा कोण सभामा परिणत भएको थियो । कोण सभा कार्यक्रमामा बोल्दै प्रदर्शनको नेतृत्व गर्नुभएका दिनेश घर्र्तीले सुनियोजित ढङ्गले लामिछानेलाई फसाउन खोजीएको बताउदै सत्य तथ्य छानबिन नभए आन्दोलनलाई सरकारले थेग्न नसक्ने चेतावनी दिए ।उनले आन्दोेनल कोही व्यक्तिसँग नभई न्यायको लागि भएको बताए । न्याय नपाएसम्म निरन्तरुपमा आन्दोलन जारी रहने उनको भनाइ छ ।यता झापामा पनि सञ्चारकर्मी लामिछाने र कँडेलको निःशर्त रिहाइको माग गर्दै झापाका विभिन्न स्थानमा आज पनि वृहत प्रर्दशन भएको छ । सञ्चारकर्मी लामिछाने र कँडेललाई गैह्रकानुनी ढंगबाट प्रहरी हिरासतमा लिइएको विरोधमा बिहीबार झापाको विभिन्न स्थानमा स्वस्फूर्त रुपमा स्थानीयले (याली निकालेका हुन् ।

झापाको बिर्तामोड र दमकमा स्थानीयले बिहीबार पनि स्वस्फूर्त (याली तथा कोणसभा गरेका छन् । सञ्चारकर्मी रवि लामिछानेलाई विभिन्न बहानामा फसाउन खोजिएको भन्दै होसियार रहन खबरदारी गरेका छन् । सहभागीहरुले पत्रकार लामिछाने दोषी नरहेको विश्वास समेत व्यक्त गरेका थिए ।उनीहरुले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणको निश्पक्ष छानबिन गरिनु पर्ने समेत माग गरेका छन् । सहभागीले नेपालको राष्ट्रिय झण्डासहित ‘राष्ट्रका सपुत रवि लामिछानेको साथमा हामी छौँ’ लेखिएको ब्यानर लिएर यालीमा उत्रिएका थिए ।यालीमा निर्दोषलाई फसाउन पाइँदैन, पत्रकार पुडासैनीलाई न्याय दे, हत्यालाई आत्महत्या भन्न पाइँदैन, विधीको शासन कायम गर, रवि लामिछानेलाई बिना सर्ता रिहा गर, रवि लामिछाने जिन्दावाद जस्ता नारा लगाएका थिए ।

धादिङ जिल्लामा पनि पत्रकार रवि लामिछानेको समर्थनमा धादिङमा पनि प्रदर्शन भएको छ । लामिछानेको रिहाइको साथै पुडासैनीको आत्महत्यालाई निष्पक्ष छानबिन गरिनु पर्ने माग पत्रकार रवि लामिछानेको समर्थनमा आज धादिङमा पनि प्रदर्शन भएको हो ।धादिङबेशीको पुछारबजारबाट निकालिएको जुलुसमा लामिछानेका समर्थनहरूको बाक्लो उपस्थिति रहेको थियो । उनीहरूले पत्रकार लामिछानेको रिहाइको माग गर्दै प्रदर्शन गरेका हुन् । लामिछाने पक्राउ परेपछि उनका समर्थकहरुले देशभर नियमित जसो प्रदर्शन गरिरहेका छन् । लामिछानेलाई विभिन्न बहानामा फसाउने कार्य भएको भन्दै सम्बन्धित निकायको ध्यानार्कषण समेत उनीहरुले गरेका छन् ।सहभागीहरुले पत्रकार लामिछाने दोषी नरहेको विश्वास व्यक्त गरेका थिए । पुडासैनीको आत्महत्यालाई निष्पक्ष छानबिन गरिनु पर्ने समेत माग गरेका छन् । सहभागीले नेपालको राष्ट्रिय झण्डासहित ‘राष्ट्रका सपुत रवि लामिछानेको साथमा हामी छौँ’ लेखिएको ब्यानर लिएर यालीमा उत्रिएका थिए ।यालीमा निर्दोषलाई फसाउन पाइँदैन, पत्रकार पुडासैनीलाई न्याय दे, हत्यालाई आत्महत्या भन्न पाइदैन, विधिको शासन कायम गर, रवि लामिछानेलाई बिना सर्ता रिहा गर, रवि लामिछाने जिन्दावाद, जस्ता नारा लगाएका थिए ।पोखरामा आज पनि टिभी जर्नलिष्टद्व लामिछाने र कँडेलको समर्थनमा प्रदर्शन गरिएको छ । गत शनिबारबाट शुरु भएको विरोध कार्यक्रममा लामिछानेलाई बिनाशर्त रिहाई गर्नुपर्ने, छानबिन निष्पक्ष गरिनुपर्ने तथा चितवन प्रहरी प्रमुखको ठाउँमा अर्का प्रहरी प्रमुख खटाएर अनुसन्धान अगाडि बढाउनुपर्ने माग उनीहरुले राखेका छन् ।पोखरामा लगातार भैरहेको रवि लामिछाने सर्मथनको कार्यक्रममा सयौको संख्यामा उपस्थिति रहँदै आएको र सरकारले माग सुनुवाई नगरे अझै कडा विरोधमा उत्रिने कार्यक्रम रहेको उनीहरुले जनाएका छन् ।  सुर्खेतबाट टेकराज केसी, झापाबाट राजु पौडेल, धादिङबाट बद्री अधिकारी, पोखराबाट उत्तम पोडेल र बुटवलबाट शिब डुम्रेको सहयोगमा तयार पारीएको समाचार न्युज २४ वाट साभार गरीएको