कच्चा तेल तथा पेट्रोलियमको उत्पादनमा अमेरिकाको नयाँ कीर्तिमान

५ भाद्र २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
31 Shares


एजेन्सी –वर्ष २०१८ मा प्राकृतिक ग्यास तथा पेट्रोलियमको उत्पादनमा अमेरिकाले कीर्तिमान कायम गरेको छ ।अमेरिकाको उर्जा सूचना प्रशासन ईआईएले जनाएअनुसार सन् २०१८ मा अमेरिकाको पेट्रोलियमको उत्पादन १६ प्रतिशत तथा प्राकृतिक ग्यासको उत्पादन १२ प्रतिशतले बढेको छ ।

सन् २०१८ मा अमेरिकाको कच्चा तेलको उत्पादन १७ प्रतिशतले बढेर हरेक वर्ष १ करोड १० लाख ब्यारेल प्रतिदिन पुगेको ईआईएले जनाएको छ । त्यस्तै, सुख्खा प्राकृतिक ग्यासको उत्पादन १२ प्रतिशतले बढेर ८० करोड ७० लाख घनमिटर प्रतिदिन पुगेर कीर्तिमान रादेको जनाइएको छ ।

त्यस्तै, विश्वव्यापी माग बढेका कारण रुसको कच्चा तेल तथा प्राकृतकि ग्यासको उत्पादनले पनि नयाँ कीर्तिमान कायम गरेको छ । यता साउदी अरबको कच्चा तेलको वार्षिक औसत उत्पादन पनि केही बृद्धि भएको छ । यद्यपि साउदी अरबको कच्चा तेलको उत्पादन सन् २०१६ को तुलनामा केही कम रहेको ईआईएले उल्लेख गरेको छ । सन् २०१६ मा साउदी अरबको कच्चा तेलको उत्पादन कीर्तिमानी स्तरमा पुगेको थियो ।सन् २०११ मा रुसलाई उछिन्दै अमेरिका विश्वमा सबैभन्दा धेरै प्राकृतिक ग्यास उत्पादन गर्ने मुलुक बन्न पुगेको थियो भन् सन् २०१८ मा अमेरिकाले कच्चा तेलको उत्पादनमा पनि उछिनेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया