२२ चिकित्सकले दिए सामूहिक राजीनामा

प्रकाशित मिति:

काठमाडौं । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । पतिष्ठानकी उपकूलपति डा। संगीता भण्डारीले बारम्बार धम्की दिने र मानसिक तनाव दिने गरेको भन्दै चिकित्सकहरुले सामूहिक राजिनामा दिएका छन् । प्रतिष्ठानका २५ जनामध्ये २२ जना चिकित्सकले सामूहिक राजीनामा दिएका हुन् । काम गर्ने वातावरण बनाइदिन पटक पटक आग्रह गर्दा पनि बेवास्था गरेपछि यस्तो समस्याको बीचमा स्वास्थ्य सेवा प्रदान गर्न नसक्ने भन्दै राजीनामा दिएको पत्रमा उल्लेख गरिएको छ ।

राजीनामा दिनेहरुमा फिजिसियन चिकित्सक जित नारायण यादव र दिनेश उप्रेती, आर्थोपेडिक चिकित्सक ओम अर्याल, अनिल प्रसाद यादव र सागर पन्थी, रेडियोग्राफी डा। रामेश्वर देवकोटा, नाक, कान, घाँटी सर्जन डा। बिक्रम बुढाथोकी, एनेस्थेसियालोजिष्ट डा। सुरेन्द्र कुँवर र डा। राजन शाक्य रहेका छन् । यस्तै पेडियाट्रिकस डा। कुष्णहरी सुवेदी, गाईनोलोजिष्ट डा । बसन्त लामिछाने, डा। सर्जन ईश्वरी भुषाल, डा याम, डि।जि।पि डा।अमित लाम्गाडे, डर्माटोलोजिष्ट डा। जेम महर्जन, कमिनिटि मेडिसियन डा। वर्षा मानन्धरले पनि राजीनामा दिएका हुन् ।

त्यस्तै राजीनामा दिनेमा १० जना मेडिकल अधिकृत पनि रहेका छन् । डा। अभ्यास पोख्रेल, डा। कृष्ण रिजाल, डा। गौरव आचार्य, डा। अनिल खाम, डा। घना केसी, डा। राजेन्द्र फुलारा, डा। प्रितम डि।सी, डा। आयुष पौडेल, डा। सुवर्ण बुढा र डा। मनोज यादव रहेका छन् ।