फूलमाला लगाएर मेरो भाई निस्किन्छ – रविका दाई

प्रकाशित मिति:

काठमाडौं। शालिकराम पुडासैनीको प्रकरणमा न्यूज २४ टिभीका कार्यक्रम प्रस्तोता रवि लामिछाने यतिवेला प्रहरी हिरासतमा छन् । उनको प क्राउलाई लिएर पक्ष र विपक्ष दुवैमा उत्तिकै माहोल तातिरहेको छ  र, आवाज पनि पक्ष र विपक्ष दुवैमा उत्तिकै बुलन्द बनेका छन् । एकथरीले रविलाई व्यक्तिगत रिसिईबी साँध्नको लागि फसाउने प्रपञ्च रचिएको र सोहीअनुसार षड्यन्त्र गरिएको भन्दै चर्को नारावाजी गरिरहेका छन् भने अर्कोथरिले रवि समर्थक भीडतन्त्रले छानबिन र घ ट्नाको अनुशन्धानमा बाधा पुगेको भन्दै गम्भिर ध्यानाकार्षण गराएका छन् । यो प्रकरणलाई लिएर अहिले संसदमा समेत आवाज उठेका छन् । त्यतिमात्रै होईन, यो प्रकरणमा जनमत विभाजित छ । देहत्याग गरेका पत्रकार पुडासैनीको परिवारले पनि न्याय पाउनुपर्छ भन्ने आवाज पनि सशक्त बन्दै गएको छ । उता, लामिछानेको परिवारले यो प्रकरणमा रविलाई फसाउन खोजेको दाबी गर्दै आएको छ ।

रविका दाजु हरिशरण लामिछाने, जो चर्चित रेडियो पत्रकार हुन । उनले भाई रविलाई अदालतले न्याय दिनेमा आफू विश्वस्त रहेको सुनाए । बिहीबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम जनता जान्न चाहन्छन्मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् । उनले आफूहरुले रविको पक्षमा नारावाजी गनुपर्छ भनेर हुलहुज्जत वा समर्थकहरु जम्मा नगरेको पनि जिकिर गरे । तर, रविको पक्षमा स्वतस्र्फूत सडकमा आएका समर्थकहरुको आफ्नो अधिकारको कुरा भन्दै उनले प्रदर्शन नगर वा सडकमा नआउ भनेर कसरी भन्न सकिन्छ रु भन्दै प्रश्न तेर्साए । रोचक त के भने रु बुधबार राति धमलाको कार्यक्रममा रविको परिवारले यो प्रकरणमा दोषी भन्दै किटानी जाहेरी दिन खोजेका नेपाल प्रेस काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठको अन्तर्वार्ता प्रशारण भएको भोलिपल्टै रविका दाई हरिशरण सोही कार्यक्रममा आएका छन् । कार्यक्रमको सुरुवातमै पत्रकार धमलाले हरिशरणलाई तपाई रविजीको नामबाट चिनिन चाहन्छु कि तपाईको आफ्नै पहिचान छ हाम्रो देश नेपालमा रु भनेर खरो प्रश्न तेर्साए । जवाफमा लामिछानेले भने,“पहिचान त फरक फरक नै होला । अब दाजुभाई हो । यो पारिवारिक कुरा हो ।”

आफूलाई हरिशरण र रविको दाजु दुवै किसिमले आम मानिसले चिन्ने गरेको पनि उनले स्पष्ट पारे । धमला यत्तिमा रोकिएनन् रु उनले फेरि प्रश्न सोधे–तपाई भरतपुर जानुभयो, त्यहाँका जनताले कसरी चिने रु यो प्रश्नको जवाफमा लामिछानेले भने,  उहाँहरुले एक्ससेप्ट गर्नुभएन, विद्याको हिसाबले रविलाई टेलिभिजनको सेटमा देखिरहेको, अब कतिपय मान्छेले ए होईन पो कि पनि भने । त्यो अब स्वभाविक छ । धमलाले तपाई आज रविजीको पक्षमा उभिनुभएको छ, किन रु भनेर सोधे । लामिछानेले आफू रविको पक्षमा उभिनु नैतिक दायित्व भएको सुनाए । उनले भने,आफ्नो भाई कुनै किसिमको मुद्दा, मामिलामा फसिसकेपछि, त्यो हेर्नु एउटा अभिभावकको कर्तव्य हो ।” धमलाले तपाईको भाई गम्भिर मुद्दामा फस्नुभयो भनेर सोधेको प्रश्नमा उनले फसेको भन्दापनि गम्भिर बनाउन खोजिएको टिप्पणी गरे । उनले शालिकराम पुडासैनीले देहत्याग गर्नुपनि गम्भिर भएको सुनाए । उनले थपे,तर, जुक प्रकृतिबाट मुद्दा अघि बढाउन खोजियो, त्यो पनि गम्भिर हो ।” यो प्रकरणमा रविको कुनै हात नरहेको जिकिर गर्दै उनले यसमा रविको हात छ भनेर जबरजस्ती गर्न खोजिरहेको पनि दाबी गरे । उनले भने,“शालिकरामले रविको संलग्नताको कुरा गर्यो, उसले रविको राम्रो पनि कुरा गरेको छ । नराम्रो पनि कुरा गर्या छ । नाम उसको मुछियो । आरोप लाग्यो उसलाई । तर, अहिलेपनि अनुशन्धान भैरहेको छ । जुन भिडियो बाहिरि निस्कियो, उसले रेकर्ड गरेको एउटा सर्टेशन पोर्सनमात्रै बाहिरि आएको छ । लिक भएको छ । उसले चार बजेदेखि ६ बजेको अवधिमा, हामी अहिले आएको १३ मिनेटेको भनिएको भिडियोलाई मान्दैनौं ।  अनुशन्धानको दौरानमा विभिन्न मानिसहरु संलग्न रहेको सुनाउँदै हरिशरणले आफ्ना सूत्रले बताएअनुसार शालिकरामले झण्डै दुई घण्टाको अवधिसम्म भिडियो रेकर्ड गराएको छ । उनले सुनाए,“त्यो रुममा बसेर उसले पटक–पटक गरेर भिडियो बनाएको छ । अहिले बाहिर सार्वजनिक भएको भिडियो त त्यसको एउटा पोर्सनमात्रै हो ।

बाहिर आएको १३ मिनेटको भिडियो त एउटा भागमात्रै भएको उनको दाबी छ । उनले भने,“उसले आरोप लगाउँदा नाम लियो । रविले अहिले मलाई लखेट्दै गएर चितवन लगेर, त्यहाँ रुममा लगेर देहत्याग बाध्य बनायो त भन्या छैन नि । कुनै सन्दर्भमा उसले रविको नाम लियो । होईन, उसले अरुको पनि नाम लिएको छ ।”शालिकरामले भिडियोमा रविको नाम लिएकोले संलग्नता देखिएपनि पुष्टि हुनुपर्ने बताए । उनले भने,“त्यो एउटा आधार हुनसक्छ, तर प्रमाण हुन सक्दैन् । सँगै काम गर्दा मनमुटाव भयो होला । त्यो त एउटा स्वभाविक प्रक्रिया हो ।” पछिल्लो समय रविसँग लिईएको बयान र रविसँगै थुनिएका अन्य दुई जनाको पनि बयान लिने काम भएको सुनाउँदै यो प्रकरणमा रविको खासै संलग्नता नदेखिएको कुरा आफूहरुको प्रारम्भिक जानकारीमा आईसकेको पनि हरिशरणको दाबी छ । तर, कानूनको हबला दिएर जसले पनि दुःख दिनसक्नेतर्फ पनि उनले ध्यानाकार्षण गराए । देशमा न्याय नमरेको उनको विश्वास छ । उनले भने,“देशका न्यायमूर्तिहरुले भोलि भन्नुहुन्छ की रवि क्लिन छ कि छैन भनेर, म त पूर्ण विश्वस्त छु, भोलि फूलमाला लगाएर मेरो भाई निस्किन्छ । उसो भए तपाईहरुले अहिले किन जुलुश निकाल्नुभएको त रु भनेर धमलाले सोधेको अर्को प्रश्नमा उनले आफूहरुले अदालतलाई दबाब नदिएको स्पष्ट पारे । उनले अघि प्रष्ट्याए  होईन, विश्वसनीय वातावरण किन बनेन रु त्यो प्रतिप्रश्न गरौं न हामी । म जुलुशमा गईँन् । मैले एकचोटी अदालत परिसरबाट बाहिर निस्किँदा दुई पटक मैले आफ्ना सार्वजनिक कराहरु राखेको हो । जुलुक स्वतस्र्फूत गएको छ । त्यसमा मेरो व्यक्तिगत संलग्नता छैन् ।”आफूहरु विधिको शासन र कानूनी राज्यको पक्षमा रहेको पनि उनले पटक–पटक विश्वास दिलाए । रविले सुरुवातमै यो प्रकरणमा प्रहरी प्रशासनलाई अनुशन्धानको लागि आफ्नो पूर्ण साथ र सहयोग रहन्छ भनेर बोलेको पनि उनले सुनाए । उनले भने,“रविले त एडभान्समै भनेको थियो कि यो धरपकड गर्नै पर्दैन्, कहिले बोलाउनुहुन्छ म त्यही दिन आउँछु भनेको थियो । मानिसहरु पनि जुलुशमा किन आएका छन्  भन्ने कुरा यसमै केन्द्रित छ । रविलाई दोषी वा निर्दोष कवुल गर्ने कुरा त एउटा प्रक्रियामा गैसक्यो । उसको अनुशन्धान भैरहेको छ ।”

उनले भीडतन्त्रले सचेत गराउनसक्ने पनि औंल्याए । उनले थपे,“आम मान्छेले के भनेका छन् भने यो सबै रविलाई फसाउने प्रपञ्चभित्रको हो भन्ने कुरा चाहीँ उहाँहरुको मनमा परेको छ ।” यो प्रकरणमा अनुशन्धान कतातिर केन्द्रित छ रु यसबाट आफूहरुलाई आशंका पैदा भएको पनि हरिशरणले सुनाए । उनले भने,“अनुशन्धान कता केन्द्रित हुनुपर्र्छ भन्नेबारे हामी चाहना त राख्न सक्छौं, तर अदालतलाई हामी प्रभाव गर्न सक्दैनौं ।