श्रीमानबाटै श्रीमती बलात्कार !

प्रकाशित मिति:

काठमाडौं – श्रीमतीलाई बलात्कार गरेको अभियोगमा भक्तपुरमा एकजना पक्राउ परेका छन् । बिरामी भएको अवस्थामा समेत बलात्कार गरेको भन्दै भक्तपुर बस्दै आएकी एक महिलाले दिएको जाहेरीका आधारमा भक्तपुर प्रहरीले उनका श्रीमानलाई पक्राउ गरेको हो  रामेछापकी २५ वर्षीया ती महिलाले आफुभन्दा पाँच बर्ष जेठा श्रीमानले बिरामी अवस्थामा जर्बजस्ती बलात्कार गरेको भन्दै कारवाहीको माग गरेकी छन् । उनको जाहेरीका आधारमा श्रीमानलाई बिहीवार नै नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको भक्तपुर प्रहरीले जनाएको छ ।

प्रहरीले जाहेरी दिने महिलाको स्वास्थ्य परीक्षण गरेपछि श्रीमान भनिएका ती व्यक्तिलाई आज अदालत पेश गरेर अनुसन्धानका लागि अनुमति लिने बताएको छ । श्रीमतीको इच्छाविना श्रीमानले शारीरिक सम्पर्क गर्नु बलात्कार हुने कानुनमै उल्लेख छ । यस्तो अवस्थामा श्रमतीले श्रीमानविरुद्ध बलात्कारको उजुरी गर्न सक्छन् ।