भारतीय प्रम मोदीलाई प्रधानमन्त्री ओलीले दिए निम्तो

प्रकाशित मिति:

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसमा प्रमुख अतिथि बन्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निम्तो पठाएका छन्। बुधबार भारतीय विदेशमन्त्री एस जयशंकरसँगको भेटघाटमा ओलीले मोदीलाई प्रमुख अतिथि बन्न निम्तो पठाएका हुन्। नेपाल-भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन काठमाडौं आएका जयशंकर बिहीबार भारत फर्किसकेका छन् । संविधानका कतिपय प्रावधानमा असहमति प्रकट गर्दै तत्काल संविधान जारी नगर्न नरेन्द्र मोदीले सन्देश पठाएका थिए। उनको सन्देश बोकेर भारतका तत्कालीन विदेश सचिव एस जयशंकर नेपाल आएका आए, संविधान जारी गर्ने दिन सार्न भने। त्यतिखेर मोदीको सन्देश बोकेर आएका जयशंकरलाई ओलीले कडा जवाफ दिएका थिए ।

भारतको आग्रहलाई बेवास्ता गर्दै नेपालका राजनीतिक दलहरूले संविधान जारी गरे। लगत्तै भारतले झन्डै ६ महिना नेपालमाथि नाकाबन्दी लगायो। नेपालको आन्तरिक मामिलामा नकरात्मक भूमिका खेलेको र विशेषगरी प्रधानमन्त्री ओलीसँग असन्तुष्ट रहेको भनिएका तत्कालीन भारतीय विदेश सचिव जयशंकरले नै अहिले मोदीका लागि निम्तोपत्र बोकेर गएका हुन्। असोज ३ गते चौंथो संविधान दिवस मनाइँदै छ। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवस मनाउनका लागि भव्य तयारी गर्न निर्देशन दिइसकेका छन्।