खोलाले बगाएर स्याङ्जामा दुई जनाको मृत्यु

६ भाद्र २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
27 Shares

प्रतिकात्मक तस्वीर

बुटवल – स्याङ्गजामा माछा मार्ने क्रममा खोलामा बगेर २ जनाको ज्यान गएको छ । जिल्लाको फेदिखोला गाउँपालिका –२, कुखरेखोलाका ६२ वर्षीय पूर्णबहादुर खड््का र पुतलीबजार नगरपालिका–१०, राङखोलाका ४२ वर्षीय मानबहादुर थापाको कुखरेखोलामा माछा मार्ने क्रममा ज्यान गएको हो ।

खड्काको जाल हान्ने क्रममा र थापाको माछा मारेर खोला तर्ने क्रममा बगेर ज्यान गएको स्याङ्गजाका डिएसपी नवीन कृष्ण भण्डारीले जानकारी दिए । उनीहरुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल स्याङ्गजा पुर्याइएको जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया