इन्टलेक्च्युअलका विद्यार्थीद्वारा सहयोग हस्तान्तरण

प्रकाशित मिति:

बुटवल –  इन्टलेक्च्युअल एकेडेमी बुटवल ११ का विद्यार्थीको सक्रियतामा संकलित रकम बिरामीका अभिभावकलाई हस्तान्तरण गरिएको छ । बुटवल २ फुलवारी बस्ने शिवलाल गौतम र शोभा गौतमकी १६ वर्षिय छोरी ज्ञानधरा गौतमको उपचारका लागी सो रकम प्रदान गरिएको हो । लामो समयदेखि जन्डीस रोगबाट पिडित भई कलेजो नै फेर्नुपर्ने भएपछि १५ लाख रुपैय“ा भन्दा बढी उपचार खर्च लाग्ने तर घरको आर्थिक अवस्था कमजोर भएकाले सहयोग स्वरुप बिस हजार एक सय बिस रुपैय“ा एक समारोहका विच ज्ञानधाराकी आमा शोभालाई प्रदान गरिएको हो ।

विद्यालयमा क्रियाशिल जुनियर रेडक्रस सर्कल र बालक्लबको सक्रियतामा विद्यार्थी शिक्षक कर्मचारी र विद्यालय प्रशासनबाट सो रकम संकलन भएको हो । सो रकम रेडक्रसकी अध्यक्ष एन्जीला पोख्रेल र वाल क्लवकी अध्यक्ष बबि गरु¨ले आमा शोभालाई शुक्रवार प्रदान गरेका हुन् ।