रविको छवि ‘मिनी अख्तियार’ जस्तै थियो, घूस खानुअघि हरेक भ्रष्टहरुको दिमागमा रविको चित्र आउँथ्यो

प्रकाशित मिति:

नारायण गाउँले– अनुसन्धानपछि अस्मिता कार्की निर्दोष देखिइन् भने के होला  अनुसन्धानले अझ उनलाई नै ‘पीड़ित’ देखायो भने के होला   ‘निर्दोष देखिए छुटिहाल्छिन् नि’ भन्ने तपाईंको वाक्य कति हचुवा र असंवेदनशील छ भन्ने शायद तपाईं आफैलाई थाहा नहुनुपर्छ । के त्यो भिडियो सार्वजनिक हुनु र उनी पक्राउ पर्नुले उनको सामाजिक चरित्र, मर्यादा र मानसिक स्वास्थ्यमा पर्ने गम्भीर असरको कुनै भरपाइ होला   भिडियो आफैमा प्रमाण हो र त्यसकै आधारमा मुद्दा चलाउने हो भने दश दिन किन थुन्नु पर्यो   यदि भिडियोको दाबी सत्यापन गर्नुपर्ने र प्रमाण जुटाउनुपर्ने हो भने किन प्रहरीले आफैमा विवादास्पद पत्रकारलाई त्यति संवेदनशील भिडियो उपलब्ध गरायो  दश दिनमा समेत पूरा नहुने अनुसन्धान बाँकी छँदै घटनाको एकमात्र कड़ी र व्यक्तिगत सूचनाहरू रहेको भिडियो राजनैतिक पहुँचकै आधारमा प्रहरीले कसैलाई दिन मिल्छ रु के त्यो अपराध होइन

थुनेरै अनुसन्धान गर्नुपर्ने किन  छुटेपछि भिडियो एडिट गर्छन् भनेर रु भाग्छन् भनेर रु बयान लिन बोलाउँदा आउँदैनन् भनेर  या व्यक्तिगत रिसिबी साध्न भनेर  हो, भीड़बाट कानुन निर्देशित हुनुहुँदैन । तर कानुन पहुँचमा हुनेहरूको स्वार्थले पनि प्रेरित हुनुहुँदैन । कानुन व्यक्तिपिच्छे फ़रक हुनुहुँदैन । रवि लामिछाने या अस्मिता कार्की दोषी हुनै सक्दैनन् भन्ने छैन । हुन पनि सक्छन् । तर उनको चरित्र र जीवनको सबैभन्दा ठूलो कमाइका रूपमा रहेको ‘करियर’ नै प्रभावित हुनेगरी पक्राउ गर्नुअघि नै अनुसन्धानको निश्चित प्रक्रिया पूरा गर्नु जरूरी थिएन  धम्कीका कल डिटेल्स होलान्, टेक्स्टहरू होलान्, साक्षीहरू होलान्, तस्बीरहरू होलान् । के ती प्रमाण खोज्दै नखोजी सोझै पक्रिने र बदनाम गर्ने अधिकार राज्यलाई हुन्छ रु यदि प्रमाण छन् र ती दोषी हुन् भने अदालतमा मुद्दा दायर गर्न केले रोकेको छ रु

र अन्त्यमा, तपाईंहामी जस्तै रक्सी मासु या पद र शक्तिको लोभले होइन, सत्ताको आँखी बन्न सकिन्छ र भविष्यमा अवसरहरू गुमाउन सकिन्छ भन्ने जान्दा जान्दै अन्याय नहोस् भन्ने कामनाले जम्मा भएको ‘भीड़’ हो त्यो । त्यसको हातमा रातो झण्डा भएको भए त्यही ‘विशाल जनसागर’ बन्ने थियो । एउटा सुपर भेड़ोले मात्रै भेड़ा देख्न सक्छ त्यो भीड़लाई । त्यो भीड़ तपाईं या मेरो पछाडि जम्मा हुँदैन । हामीले सकेको जति लिएका छौं समाजबाट, दिन बाँकी नै छ । केही दिन सकेको दिन हाम्रो पछाडि पनि त्यस्तै ईर्ष्या लाग्दो भीड़ हुन्छ । रविको छवि ‘मिनी अख्तियार’ जस्तै थियो । घूस खानुअघि हरेक सरकारी कर्मचारीको दिमागमा रविको चित्र आउँथ्यो । कतै यो रविकै मान्छेले फ़साउन घूस दिएको त होइन रु माफियादेखि मानव तस्कर र पुलिसदेखि सचिबसम्मलाई रवि ठूलो थ्रेट बनेका थिए । उनको व्यक्तिगत चरित्र कति स्वच्छ थियो त्यसको ग्यारेन्टी मैले लिने कुरो भएन तर उनको कारणले समाजमा केही हदसम्मको स्वच्छता थियो १ होला रवि आफैमा भ्रष्ट हुँदा हुन् तर तिनको कामले हजार जनालाई भ्रष्ट बन्नबाट रोकेको थियो, तर्साएको थियो । यो भीड़ रविको व्यक्तिगत होइन, त्यही ‘थ्रेट’को सम्मान हो । सप्रमाण र निष्पक्ष छानबिनमा रवि दोषी देखिए भने यो भीड़ आफै हराउनेछ । केही वर्षअघिको रविसँग यो भीड़ थिएन । स्मरण रहोस्, छानबिन रोक्न यो भीड़ सडकमा आएको होइन । छानबिन निष्पक्ष होस् र विधिसम्मत होस् भन्न यो सड़कसम्म ओर्लिनु परेको हो । हिजो नन्दप्रसाद अधिकारीको आत्महत्यामा दुरुत्साहन गर्नेहरू समातिएको भए आज यो भीड़माथि औंला ठड्याउन सजिलो हुने थियो । कानुन सबैलाई बराबर लाग्छ भन्ने नजीर स्थापना भएको भए यो भीड़लाई गाली गर्न सुहाउने थियो । रविलाई लाग्नुपर्ने भन्दा अलि बढ़ी कानुन लाग्छ कि भनेर यो भीड़ जम्मा भएको हो । यसको अपमानमा आकाशतिर फर्केर नथुकौं, आफ्नै अनुहारमा झर्छ