बी.पी. साहित्य सम्मान पुरस्कार बैरागी काइँलालाई

प्रकाशित मिति:

काठमाडौं – यस वर्षको बी.पी.साहित्य सम्मान पुरस्कार साहित्यकार बैरागी काइँला (तीलबिक्रम नेम्वाङ)लाई प्रदान गर्ने निर्णय गरिएको छ  जननायक बी.पी. कोइराला स्मृति ट्रष्टले गठन गरेको समितिले बैरागी काइँलालाई प्रदान गर्ने निर्णय गरेको हो । यो पुरस्कारको राशी एक लाख एक हजार नगद रहेको छ ।

यस्तै ट्रष्टले प्रदान गर्ने सेनानी पुरस्कार मधुकान्त सिंह (सप्तरी)लाई दिने निर्णय गरेको छ । जसको राशी ५१ हजार रहेको छ ।दुबै पुरस्कार यही भदौ २४ गते बी.पी. जयन्तीको अवसरमा काठमाडौंमा आयोजित समारोहमा बितरण गरिने छ ।