पत्रकार हमाल र नेता वाग्ले पक्राउ, विना शर्त रिहा गर्न नेकपा गण्डक व्यूरोका माग

प्रकाशित मिति:

काठमाडौं – जनपत्रकार संगठनका केन्द्रीय सदस्य तथा जनसञ्चार डटकमका सम्पादक ओम हमाल आज विहान पोखराबाट पक्राउ परेका छन् । हमालसहित नेपाल कम्युनिष्ट पार्टी गण्डक व्युरो सदस्य एवं कास्की जिल्ला इञ्चार्ज कृष्ण वाग्ले रुपेश पनि पक्राउ परेको नेपाल कम्युनिष्ट पार्टी गण्डक व्युरोले जनाएको छ । पोखराबाट उनीहरुलाई विना कारण पक्राउ गरिएको भन्दै नेपाल कम्युनिष्ट पार्टी गण्डक व्युरोले तत्काल रिहा गर्न माग गरेको छ । गण्डक व्युरो इन्चार्ज आस्थाले शुक्रबार विज्ञप्ति जारी गरी निहत्था नागरिकहरुको हत्यामा उत्रिएको प्रशासनले पार्टीका नेता–कार्यकर्ताहरूलाई गिरफ्तार गर्ने, यातनादिने, झुट्टा मुद्दा लगाउने र बन्दी बनाउने कार्यको घोर विरोध गर्दै गिरफ्तार परेका हमाल र वाग्लेलाई बिनासर्त रिहा गर्न माग गरेकी छिन् ।

रिहा नगरिए कडा ढंगले योजनाबद्ध जनप्रतिरोध गर्ने चेतावनी पनि उनीद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । यसै क्रममा नेपाल पत्रकार महासंघले पत्रकार ओम हमाललाई रिहाई गर्न माग गरेको छ । पत्रकार महासंघले विज्ञप्ति जारी गर्दै पत्रकार हमाललाई बिनाकारण प्रहरीले पक्राउ गरेको भन्दै रिहाई गर्न माग गरेको हो ।