एनआरएन यूकेको उपाध्यक्षमा प्रेम गाहा मगर को उम्मेदवारी रहने

प्रकाशित मिति:

लण्डन । युवाहरु माँझ लोकप्रिय प्रेम गाहा मगर नेपालको गुल्मी जिल्ला तम्घासमा जन्मिएका हुन् । गाहा मगरले आफ्नो विद्यार्थी जीवनमा सन् १९९३ देखि १९९५ सम्म नेपालको राष्ट्रिय बक्सिङ टिममा रहेर मुलुकको नाम चिनाउने भूमिका निर्वाह गरिसकेका छन् । सन् १९९६ मा ब्रिटिस आर्मीमा भर्ना भई १९९७ मा ब्रिटिस आर्मी बक्सिङ टिममा आबद्ध भई बेलायतमा रहेर पनि नेपाली ९गोर्खाज्०को नाम चिनाउन ठुलो योगदान गरेका गाहा मगरले आफूलाई समाजसेवामा समर्पित गरेका छन् । गाहा मगरले आफ्नो अवकास पश्चात सन् २००८ बाट बेलायतमा रहेका युवाहरुको बीचमा सामाजिक काम गर्दै आएका छन् । उनी हाल युवा समूह बेलायतका प्रमुख सल्लाहकार हुन् । गाहा मगर सन् २००८ बाट एनआरएनएमा आबद्ध भई प्रत्यक्ष अप्रत्यक्षरुपमा योगदान पुर्‍याउँदै आएका छन् । उनी २०१७–२०१९ अधिवेशनबाट एनआरएन यूकेको उपाध्यक्षमा निर्वाचित भई काम गर्दै आएका छन् ।

गैरआवासीय नेपाली संघ ९एनआरएन० यूकेका उपाध्यक्ष प्रेम गाहा मगरले अझै धेरै कामगर्न बाकी रहेको कारणले गर्दा पूर्ण एनआरएन यूकेको उपाध्यक्ष ९२०१९–२०२१०का लागि उम्मेदवारी दर्ता गरेका छन् । गाहा मगरले २०१७–२०१९ अधिवेशनमा प्रत्यक्ष निर्वाचित गराई उपाध्यक्षजस्तो गरिमामय पदमा रही काम गर्ने अवसर दिनुहुने मतदाताप्रति आभार व्यक्त गरेका छन् । उनले निर्वाचनमा गरेका प्रतिबद्धता अनुसार २०१८ मार्च ३१ मा च्यारिटी डिनर विथ बक्सिङ शो आयोजना गरेको जानकारी दिए । उनले युवा र अग्रजहरुबीचको दूरी घटाउन तथा युवाहरुलाई एनआरएनको महत्व बुझाउन विभिन्न अभियानहरु पनि सञ्चालन गरेका छन् । यसैगरी २०१८ सेप्टेम्बर १ मा समाजले अपाङ्ता भएकाहरुलाई हेर्ने नजर बदल्नका लागि तथा अपाङ्ता भएकाहरु आफैँ केही गर्न सक्छन् भन्ने प्रमाणित गर्न गाहा मगरको नेतृत्वमा अपाङ्ता सहयोग साँझ सञ्चालन गरिएको थियो । त्यहाँ युद्धमा घाइते २५ जना न्चभबत धबच जभचयभक मष्कबदभि खभतभचबल लगायत बेलायतमा रहेका धेरै कला भएका अपाङ्ग हरु र नेपालका अपाङ्ग कलाकारहरुलाइ सम्मान गरिएको थियो । यसैगरी १८फेब्रुअरी २०१९ मा भ्वाइस अफ नेपालका कलाकारसँग बर्मिङघममा च्यारिटी डिनर आयोजना गरिएको थियो । नेपाली संस्कृति जोगाउन र आपतकालिन सहयोगका लागि उक्त कार्यक्रम प्रभावकारी भएको थियो ।
२९ वर्षीय युवक लेख राना मगरको अल्पायुमै निधन भएको हुँदा मगरको अगुवाईमा २२ फेब्रुअरी २०१९ मा राना मगरको शव नेपाल लैजान ११७९ पाउण्ड संकलन गरी हस्तान्तरण गरिएको थियो ।

एनआरएन यूकेको हरेक कार्यक्रममा सहभागी हुँदै अध्यक्षले नोमिनेट गरेको हरेक कार्यक्रममा उनले प्रतिनिधित्व गरेका छन् । डब्लूबिए व्ल्ड बक्सर जोन राईटरले व्ल्ड रैंकिंग २,३ बक्सिङ खेलमा प्रेम गाहा मगरकै पहलमा उनले एनआरएनको लोगो अंकित ड्रेस लगाएर खेलेका थिए । व्ल्ड रैंकिंग २ खेल्दा ४ जना गोर्खा सैनिकहरुले उनलाई इस्कोर्ट गरेर रिंगसम्म लगेका थिए । जोन राईटर प्रेम गाहा मगरका बिधार्थी हुन् । ४ मे मा अमेरिकाको लस् भेगस् मा हुने डब्लूबिए व्ल्ड रैंकिंग १ बक्सिङ खेलमा जोन राईटरले गोर्खा र एनआरएन अंकित ड्रेस लगाएर खेले खेल्ने र यसले नेपाल र नेपालीलाई ९एनआरएन ,गोर्खा० विश्वसामु चिनाउँन थप पहल गर्नेछ । गाहा महरकै पहलमा युवाहरु बिच मैत्रीपूर्ण फुटबल खेलको आयोजना भएको थियो यस खेलको सबै स्पोन्सर गाहा मगरलेनै गरेका थिए । उक्त खेलमार्फत धेरै युवाहरु बीच भाइचारा बढेको र यसले समाजमा सकारात्मक सन्देश गएको गाहा महरले नेपाल संसारलाइ बताए ।राज्य समन्व्य परिषद् गठन गर्नका लागि वेल्स, स्कटल्याण्ड, नर्दन आयरल्याण्डमा महत्वपूर्ण भूमिका उनले निर्वाह गरेका थिए ।

गैरआवासीय नेपालीलाई दोहोरो नागरिकता दिलाउन पहल गर्न गाहा मगरले नेपाल र बेलायतमा ज्ञापन पत्र बुझाउन अगुवाई गरेका थिए । एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने मातृभावलाई आत्मबोध गर्दै विदेशी नागरिकता लिएका नेपालीहरूलाई मतदानको अधिकार बाहेक अन्य अधिकारसहितको दोहोरो नागरिकता पाउनुपर्छ भन्ने सबालमा नेपाल सरकारसँग गाहा मगरको संस्थागत पहल अतुलनिय रह्यो र फलस्वरूप विधान राष्ट्रियसभाबाट पारित भइसकेको र प्रतिनिधि सभाबाट पारितको प्रतिक्षामा छ । त्यसैले अब कुनै जात, धर्म, क्षेत्र, लिङ्ग तथा कुनै राजनैतिक ध्रुबको आधारमा नभै एक कर्मठ, शालीन, सक्षम, अनुभवी र नेतृत्व शक्तिलाई आधार मान्ने हो भने आगामी सेप्टेम्बरमा बेलयतमा हुन गैरहेको चुनावमा उपाध्यक्ष प्रेम गाहा मगरलाई निर्वाचित गराउन आवश्यक छ ।