खुल्ला तीज गित तथा नृत्य प्रतियोगिता सम्पन्न

प्रकाशित मिति:

नवलपरासी-राईजिंग युथ तथा बाल क्लब सरावल मगरमुढा पश्चिम नवलपरासीको आयोजनामा हिन्दु महिलाहरुको महानपर्व हरितालिका तिजको उपलक्ष्यमा खुल्ला तीज गित तथा नृत्य प्रतियोगिता शुक्रबार दुर्गा पञ्चायतन मन्दिर पसिर मगरमुढामा सम्पन्न भएको छ । क्लबका अध्यक्ष विध्या न्यौपानेको अध्यक्षता एवं सरावल गाउपालिकाका अध्यक्ष राधेश्याम चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले हाम्रो सस्ँकृती कता कता लोप हुन लागेको धर्म, सस्कृती माथि हस्तक्षेप भई पश्चिमेली सस्कृती मौलाउदै गएको भन्दै आफ्नो धर्म सस्कृती बचाई राख्न सम्पुर्ण नागरिक लागि पर्नुपर्ने बताउदै यस्ता कार्यक्रमले थोरै भएपनि सस्कृती जगेर्नामा टेवा पुग्ने बताउनुभयो ।

कार्यक्रममा विशेष अतिथिको रुपमा बोल्दै रामग्राम नगरपालिकाकी नगर उपप्रमुख रम्भा कुंवरले सबै भाषा, धर्म र सस्कृतीको सम्बद्र्धनमा सबैको साथ र सहयोग अपरिहार्य भएको बताउदै सबै जातजातिले सबैको स सम्मान गर्दै आ आफ्नो सस्कृतीलाई जोगाउदै जार्नुपर्ने आजको आवश्यकता भएको बताउनुभयो । सो अवसरमा अर्का विशेष अतिथि सरावल गाउपालिकाकी उपाध्यक्ष उत्तमा रायले अहिले देशमा विभिन्न घटनाक्रमले गर्दा धैरै चेलिबेटीहरु मर्कामा परेको बताउदै महिला हिंसा र अपराधजन्य क्रियाकलाप घर घर बाटै रोक्नुपर्ने बताउनुभयो । कार्यक्रममा सरावल वडा नम्बर २ का वडाध्यक्ष शम्भु चौधरी लगाएतले मन्तब्य राख्नुभएको थियो । महिला समाजसेवी हरिकला न्यौपानेको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन क्लबकी सचिव कृती गौतमले गर्नुभएको थियो ।

सो प्रतियोगितामा पश्चिम नवलपरासीका विभिन्न संघ सस्थाका गरि १३ वटा समुहको सहभागिता रहेकोमा सार्वजनिक आधारभुत विद्यालय सुनवल ११ मिश्रौली प्रथम, सगरमाथा युवा क्लब सरावल १ नयाटोल द्धितिय, रामनगर एकेडेडी सुनवल १२ भुमही तृतीय र बसन्त मावी सरावल १ बासा सन्तावना स्थान हासिल गर्न सफल भएको छ भने उत्कृष्ट शब्द चयनमा एक्श आर्मी बोर्डिंग स्कुल बर्दघाट रहेको र प्रतियोगितामा विजेतालाई क्रमश सात हजार, पाँच हजार, तिन हजार, एक हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको क्लबका अध्यक्ष विध्या न्यौपानेले जानकारी दिनुभयो । प्रतियोगिता सञ्चालनका लागी स्वतह स्फुर्त रुपमा स्थानिय समाजसेवी, बुद्धिजिवी र विभिन्न संघ सस्थाहरुले आर्थिक सहयोग गरेको क्लबकी सचिव कृती गौतमले जानकारी दिनुभएको छ । प्रतियोगिताको निर्णायक मण्डलमा सिता शर्मा गौतम, नारायण पाण्डे र अर्जुन प्रसाद पाण्डे रहनुभएको थियो भने कार्यक्रममा विभिन्न संघसस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजिवी, सरक्षाकर्मी, सञ्चारकर्मी र स्थानियबासीहरुको उपस्थिती रहेको थियो ।