आज मेघ गर्जन र चट्यांगसहित वर्षा हुने सम्भावना

प्रकाशित मिति:

काठमाडौँ –जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभरका केही स्थानहरुमा मेघ गर्जन र चट्यांगसहित वर्षा हुने पूर्वानुमान गरेको छ । देशको मध्य तथा पश्चिमी भूभागका थोरै स्थानमा भारी वर्षा र पूर्वी तराईका जिल्लामा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ।

देशका केही स्थानमा मेघ गर्जनसहित वर्षा र चट्याङ पर्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले आग्रह गरेको छ ।शनिबार बिहान जारी गरेको बुलेटिनमा लेखिएको छ( मध्य तथा पूर्वका धेरै स्थानहरुका साथै पश्चिमका केही स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेकोले मेघगर्जन रचट्याङ्गबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध छ। मध्य तथा पूर्वी भू(भागका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ जसले गर्दा चुरेबाट बहने खोलाहरुको बहावमा आकस्मिक बृद्दि हुन सक्ने साथै सडक यातायातमा पहिरोरभू(क्षयका कारण अवरोध आउन सक्ने भएकोले यात्रामा सतर्कता अपनाउन अनुरोध गरिन्छ।