भारतीय पूर्वमन्त्री एवं वरिष्ठ नेता अरुण जेटलीको निधन

प्रकाशित मिति:

एजेन्सी –भारतका पूर्ववित्त मन्त्री तथा भारतीय जनता पार्टीका वरिष्ठ नेता अरुण जेट्लीको निधन भएको भारतीय सञ्चार माध्यमले जनाएको छ । शनिबार दिउँसो एम्स हस्पिटलमा उनको निधन भएको हो । ६६ वर्षीय जेट्ली श्वासप्रश्वासमा कठिनाइ भएपछि जेटली १५ दिनअघि अगस्ट ९ तारिखमा दिल्लीस्थित एम्स अस्पताल भर्ना भएको बताइएको छ ।

सफ्ट टिस्यु क्यान्सरसँग लडिरहेका जेटलीको एक वर्षअघि एम्समै मिर्गौला प्रत्यारोपण पनि गरिएको थियो। गत जनवरी १३ मा सफ्ट टिस्यु क्यान्सरकै उपचारका क्रममा न्युयोर्क गएका उनी फेब्रुअरीमा घर फर्किएका थिए।संसदीय निर्वाचनमा हारका बाबजुद अघिल्लोपटकको मोदी सरकारमा वित्तमन्त्री भएका मोदीका विश्वास पात्र जेटलीले स्वास्थ्यकै कारण यसपटक मन्त्री बन्न अनिच्छा देखाएका थिए। उनले यसपटकको चुनाव पनि लडेका थिएनन्। छ महिना अघि नै जाँचको लागि एम्स गएका उनलाई डाक्टरले उपचारको लागि युके वा अमेरिका जान सल्लाह दिएको समेत जनाइएको छ ।