अमेरिकामा नेपाली काँग्रेसको झन्डा ओढाएर युवतीको अन्त्येष्टि

प्रकाशित मिति:

अमेरीका । अमेरिकाको सानफ्रानसिस्को बे एरियामा बस्ने नेपालीहरूले एक पछि अर्को दुखद घटनाको सामना गरिरहेका छन् । गत बुधवार सानफ्रानसिस्को स्थित आफ्नै निवासमा मृत्यु वरण गरेकी सुनिता लिम्बुको शुक्रवार दिउसो अन्त्येष्टि गरियो । करिब ३ सय नेपाली लिम्बुको अन्त्येष्टि कार्यक्रममा सहभागी भएका थिए । नेपाली काँग्रेसको विदेश स्थित सङ्गठन नेपाली जनसम्पर्क समिति अमेरिकाको सदस्य रहेका कारण सुनिता लिम्बुलाई सङ्गठनका पदाधिकारी र सदस्यहरूले काँग्रेसको चार तारे झन्डा ओढाएर श्रद्धान्जली दिएका थिए । सुनिता लिम्बुकी आमा गोमा अधिकारी लिम्बु नेपाली जन सम्पर्क समिति क्यालिफोर्निया च्याप्टरकी कोषाध्यक्ष हुन् । उनका बाबा गणेश लिम्बु तरुण दलका केन्द्रीय स्तरका नेता भएका कारण पनि उनको पार्थिव शरीरमा नेपाली काँग्रेसको झन्डा ओडाइको सचिव हरि भट्टले बताए ।

सुनिता लिम्बुले २७ वर्षको उमेरमा नै अचानक देह त्याग गरेकी हुन् । उनी परिवारसँगै सानफ्रानसिस्कोमा वस्तै आएकी थिइन् । अन्त्येष्टि कार्यक्रममा नेपाली जन सम्पर्क समिति अमेरिकाका वरिष्ठ उपाध्यक्ष धनन्जय नरसिंह केसी, सचिव ईश्वर सापकोटा, सल्लाहकार डाक्टर दुर्गा दाहाल, उत्तम कार्की, सर्वज्ञ वाग्ले, वरिष्ठ उपाध्यक्ष नारायण खनाल, उपाध्यक्ष लक्ष्मी केसी, विश्व भट्ट, ईश्वर सिटौला, डाक्टर तारा सिग्देल, हरिहर दाहाल, अनुप अधिकारी, यज्ञलाल श्रेष्ठ, रबिन्द्र राई लगायत ठुलो सङ्ख्यामा नेपालीहरूको सहभागिता रहेको थियो ।