कश्मीरमा सुरक्षाकर्मी र प्रहरीबीच झडप, केहि घाइते

प्रकाशित मिति:

एजेन्सी –भारत प्रशासित कश्मीरका सुरक्षा निकाय र प्रदर्शनकारीबीच झडप भएको छ । श्रीनगर शहरमा प्रदर्शनकारी र सुरक्षाकर्मी आपसमा भिडेका हुन् ।शान्तिपूर्ण शुरू भएको विरोध प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुङ्गा प्रहार गरेपछि हिंसा भएको थियो। प्रहरीले अश्रुग्यास र रबरको गोली प्रयोग गरेको थियो। कम्तीमा दुईजना घाइते भएका छन्।

तीन साता अगाडि भारत सरकारले जम्मू(कश्मीरलाई प्रदान गरेको आंशिक स्वायत्तता खारेज गरेपछि त्यहाँको स्थिति तनावपूर्ण छ।इन्टरनेट र मोबाइल फोन बन्द गरिएका कारण कश्मीरको बारेमा कमै सूचना बाहिरिएको बीबीसीले जनाएको छ ।प्रदशर्नका क्रममा भएको झडपमा केही घाइते भएका छन् । घाइतेको संख्या भने खुलेको छैन । धेरै घाइतेहरू अस्पताल जाँदा गिरफ्तार हुने डरले घरमै उपचार गराउने गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।प्रदर्शन भएको सौरा क्षेत्र भारत सरकारको निर्णयविरुद्ध प्रदर्शनको केन्द्रविन्दु बन्न थालेको छ।