बुटवलको ट्राफिक चोकमा ट्रकले किच्दा साइकल यात्रीको मृत्यु

७ भाद्र २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
31 Shares


बुटवल-बुटवलको ट्राफिक चोकमा ट्रकले साइकल यात्रीलाई किच्दा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।लु २ ख ६८४ नम्बरको ट्रकले आज दिउसो करिब १स्१५ बजेको समयमा साइकललाई ठक्कर दिँदा साइकलमा सवार पाल्पाको रैनादेबी छहरा गाउँपालिका ६ घर भएका अन्दाजी वर्ष २५ का पुरन बहादुर रासकोटीको मृत्यु भएको छ । सोहि स्थानका वर्ष ३६ का थम्मन बहादुर रासकोटी घाइते भएका छन् ।

उनको बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुले बुटवलमा बसेर घर बनाउने काम गर्दै आएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया