साधारण सभा सम्पन्न

प्रकाशित मिति:

बुटवल । अमरज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलको ११ औं वार्षिक साधारण सभा आज (शनिबार) बुटवलमा सम्पन्न भएको छ ।  संस्थाका अध्यक्ष टंकनाथ अधिकारीको सभापतित्वमा भएको साधारण सभाले अध्यक्ष, सचिव, कोषाध्यक्ष तथा लेखा परीक्षकको प्रतिवेदन एवम् संस्थाको कर्मचारी नियमावली र सदस्य कल्याणकोष निर्देशिका सर्वसम्मतिले पारित गरेको छ ।  न्यू होराइजन मा.वि.का प्राचार्य लोकनाथ उपाध्यायको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा एस.ई.ई. मा उत्कृष्ट हुने सन्तति, ८४ वर्ष पूरा गर्नुभएका ज्येष्ठ नागरिक अभिभावक, नेपाल सरकारको पूर्ण छात्रवृत्तिमा एम.बी.बी.एस., एम.डी.मा नाम निकाल्ने, नेपाल सरकारको अधिकृतस्तरमा उत्तीर्ण हुने, संस्थाको वार्षिकोत्सवमा रक्तदान गरेका रक्तदाता लगायतलाई सम्मानित गरिएको थियो । संस्थाका सचिव कृष्णप्रसाद पौड्यालको सञ्चालनमा भएको कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष मिनराज ज्ञवाली, सल्लाहकार ध्रुव नेपाल, उपाध्यक्ष केशवराज पोखरेल, क्षितिज सहकारीका अध्यक्ष विष्णुप्रसाद बस्याल, मालिका सहकारीका अध्यक्ष शेरबहादुर बस्नेत, शेयर सदस्य गीता गौतम, कमल न्यौपाने लगायतले बोल्नुभएको थियो ।