हात्तिसुढ टोल विकास संस्थाका साधारण सभा तथा तिजमिलन कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

बुटवल – बुटवल उप–महानगरपालिका–११ देविनगर हात्तिसुढ स्थित हात्तिसुढ हात्तिसुढ टोल विकास संस्थाका साधारण सभा तथा तिजमिलन कार्यक्रम सम्पन्न भएको छ ।साधारण सभाको उद्घाटन गर्दे बुटवल उपमहानगरपालिका वडा नं ११ की वडा सदस्य माया दर्नालले टोललाई सभ्य सुसंस्कृत र विकास गर्न टोल विकास संस्थाको भूमिका महत्वपुर्ण भएको बताईन ।

उनले समाजलाई कस्तो बनाउने भन्ने हात समुदायकै रहेकाले टोललाई हराभरा र सुन्दर बनाउनु सबैको सहकार्य जरुरी रहेको बताईन ।कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष तथा समाजसेवी भिमसेन श्रेष्ठ, सत्यवति टोल विकास संस्थाका अध्यक्ष भिम केसी, महिला समूहकी अध्यक्ष माया शर्मा, सामुदायिक भवन तथा दुर्गामन्दिर निर्माण समितिका अध्यक्ष राजु रसाईली लगायले टोललाई नमुना वनाउन सहकार्य जरुरी रहेको बताए । साधारण सभामा अध्यक्ष रोलवहादुर रानाले भावि योजना सहितको अध्यक्षको प्रतिवेदन पेश गरेका थिए भने कोषाध्यक्ष सम्झना पौडेलको आर्थिक प्रतिवेदन साधारणसभाले पारित गरेको थियो । विं सं २०७० सालमा स्थापना भएको उक्त संस्थाले विकास निर्माण लगायत टोलमा विभिन्न रचनात्मक कार्य गर्दे आएको छ ।