शिक्षकको कुटाईबाट विद्यार्थीको खुट्टा भाचियो

७ भाद्र २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
70 Shares


उत्तम नेपाल, भद्रपुर । शिक्षकलाइ बाथरुमको पानी खुवाएको निहुमा शिक्षकको कुटाइबाट एकजना विद्यार्थीको खुट्टा भाचिएको छ ।झापाको बिर्तामोडमा सञ्चालित एभरेष्ट स्मार्ट स्कुलका शिक्षकको कुटाइबाट बिर्तामोड नगरपालिका वडा नम्बर ६ मा सञ्चालित एभरेष्ट स्मार्ट एजुकेसन एकेडेमीका शिक्षक पंकज प्रधानले कुटपिट गर्दा सोही बिद्यालयमा कक्षा ७ मा अध्ययनरत बिद्यार्थी कुनाल गट्टानीको खुट्टा भाँचिएको हो ।

अर्जुनधारा नगरपालिका –८ का किसन गट्टानीका छोरा पंकजलाई शिक्षकले घाँटीमा समातेर बेञ्चमा पछार्दा खुट्टा भाँचिएको पीडितले बताउँनुभयो ।घटना बिहिबारको हो । कक्षा–७ को तेस्रो घण्टी पढाउन प्रधान कक्षा कोठामा प्रवेश गरे । सो बेला केही बिद्यार्थीले बाथरुमको धाराको पानी बोतलमा भरेर शिक्षकको पोडियममा राखिदिएका थिए । सो पानी शिक्षकले पिउँनुभयो ।त्यसपछि बिद्यार्थीहरु हाँस्न थाले । शिक्षकले किन हाँसेको भनेर सोधुनुभयो । बिद्यार्थीले बाथरुमको पानी सरले खानुभयो भने पछि शिक्षक आक्रोशित भएको पीडितले बताउँनुभयो ।सबै बिद्यार्थी पुन हाँस्न थाले । ति मध्येबाट बिद्यार्थी गट्टानीलाई अगाडी ल्याएर शिक्षक प्रधानले गालामा थप्पड हाने । त्यतिगर्दा पनि रिस नमरेपछि उनले घाँटीमा समातेर बेञ्चमा पछारेपछि बिद्यार्थीको देब्रे खुट्टा भाँचिएको पीडित बिद्यार्थीले बताउँनुभयो ।

कनकाई हस्पिटलमा उपचारपछि स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा अहिले पीडित बालकको घरमा उपचार भइरहेको गट्टानीले जानकारी दिनुभयो ।छोरालाई मार्ने नियतका साथ कुटपिट भएको रहेछ, पीडित बालकका बाबु किसनले भन्नुभयो–‘भाग्यले बाँच्यो ।’ बिद्यालयले बालकको निगरानीका लागि नर्सको ब्यवस्था गर्ने, उपचारमा लागेको सम्पुर्ण खर्च ब्यहोर्ने, घरमै शिक्षकको ब्यवस्था गरेर अध्ययनको ब्यवस्था गर्ने, बालकलाई अर्कै विद्यालयमा अध्ययनको ब्यवस्था गर्ने र त्यसको शुल्क बिद्यालयले तिर्नेगरी सहमति गरिएको पीडितका बाबु गट्टानीले बताउँनुभयो ।अभिभावक, बिद्यालय ब्यवस्थापन समिति र विद्यालय सञ्चालकको बैठकले विद्यार्थीको खुट्टा भाँच्ने शिक्षक प्रधानलाई भने उन्मुक्ति दिएको छ ।पीडिक परिवारलाई दवाव दिएर सहमति गर्दै विद्यालयले प्रधानलाई उन्मुक्ति दिएको हो ।विद्यालयका प्रधानाध्यापक आशिष प्रसाईँले घटना भएको स्विकार गर्नुभयो । घटना बाहिर नल्याउनका लागि विद्यालयले पीडितको सबै माग पुरा गरिदिएको बताइएको छ । पीडित पक्ष, स्थानीय तहका जनप्रतिनिधि, विद्यालय ब्यवस्थापन समितिको छलफलपछि शिक्षक प्रधानलाई एक पटकलाई माफी माग्न लगाइएको छ ।नेपालसमाचारपत्र वाट साभार

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • मृगौला पिडित पल्लीलाई इन्दे्रणी कार्यक्रमबाटै नगद ७ लाख हस्तान्तरण
  • ह्टुवाललाई बुद्ध र जैन दर्शनमा विद्याबारिधी
  • तिलोत्तमा प्रिमियर लिगआजको पहिलो खेलमा रेन्बो ज्ञानोदय गोल्स बिजयी
  • अझै ओझेलमा राजा विरेन्द्रले आषिश लिएको प्रसिद्ध हिले सिद्ध बाबा
  • एनआरएनए अमेरिकाज क्षेत्रिय महिला संयोजकमा उमा कार्की बलियो उम्मेद्वार
  • विवेकशील नेपाली दलको अध्यक्षमा मिलन पाण्डे विजयी
  • सांसद प्रमोद साहलाई जिल्ला अदालत धनुषाद्वारा ४ दिनको म्याद थप
  • बोनीता शर्मा विश्वका प्रेरणादायी महिलाको सूचीमा
  • साउदी अरेबिया मृत्यु भएका कार्कीको शव नेपाल ल्याउन समस्या
  • राष्ट्रपति भण्डारीले दिइन् सम्पूर्ण नेपालीलाई धन्यवाद