विश्वकर्मा समाजको साधारणसभा सम्पन्न

प्रकाशित मिति:

बुटवल – बुटवल उपमहानगरपालिका–११ हात्तिसुढमा रहेको जयश्री विश्वकर्मा समाज को प्रथम साधारण सभा सनिवार सम्पन्न भएको छ ।साधारणसभामा अध्यक्ष राजु रसाईलीले समाजमा छरिएर रहेकाहरुलाई एकिकृत गरी आर्थिक सवलीकरणमा समाहित गर्न समाज स्थापना गरिएको बताए । साधारणसभाले अध्यक्षको प्रतिवेदन र कोषाध्यक्ष हुमबहादुर विकको आर्थिक प्रतिवेदन पारित गरेको छ ।

कार्यक्रममा सचिव सुनिता विक, सहसचिव प्रतिमा सुनार लगायले आ आफ्नो भनाई व्यक्त गरेका थिए । सो अवसरमा एसइइमा उत्कृष्ट ग्रेड ल्याउने विश्वकर्मा समूदायको १५ जना विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । विद्यार्थीलाई सम्मान गर्दे पत्रकार रुद्रहरि कु“वरले सम्मानले विद्यार्थीमा उत्प्रेरणा र हौषला थप्ने बताए ।