शुभागमनको आठौं साधारणसभा सम्पन्न

प्रकाशित मिति:

बुटवल -शुभागमन बचत तथा ऋण सहकारि संस्था लि बुटबल ११ कालिकानगर को आठौ बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारणसभाले सहकारीलाई थप मजबुद बनाउन बुटवल को स्वागतम सहकारी संस्थासंग मर्जरमा जान सकिने र विधान संशोधनको प्रस्ताव पारित गरेको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुटबल उपमहानगर पालिकाका उपप्रमुख गोमादेवी आचार्यले सहकारी संस्थाहरुले आर्थिक पारदर्शिता कायम गर्नुपर्ने र सदस्यहरुको जीवनस्तर माथि उठाउन ध्यान दिनुपर्ने सुझाव दिइन् ।

कार्यक्रममा अध्यक्ष शालिकराम पौडेलले अध्यक्षको प्रतिबेदन पस्तुत गर्दै संस्थामा ६ सय १० जना शेयर सदस्य र सय जना बाल वचतकर्ता रहेका जानकारी गराए । लेखा समिती संयोजक राजेन्द्र लम्सालले लेखा समितिको प्रतिबेदन तथा कोषाध्यक्ष कुल प्रसाद वस्यालले आर्थीक प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा गत वर्षको एसईई नतिजामा जीपीए ४ र ए प्लस ल्याएका शेयर सदस्यका छोराछोरीहरु सुयल ज्ञवाली,सोदिक्षा कुंवर,सोनिया केसी,आस्था शर्मा पौडेल,रोशनी पौडेल,गिता घिमिरे,सिद्धार्थ तिवारी,रन्जना भण्डारी र विनिता ज्ञवाली तथा जेष्ठ शेयर सदस्य चन्द्रकला चापागाईलाई सम्मान गरिएको छ ।

कार्यक्रममा वडा न ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्री, राष्ट्रिय सहकारी वैकका प्रवन्धक नरेश पाण्डे,स्वागतम सहकारीका अधयक्ष विभिषण कुंवर,क्षितिज सहकारीका अध्यक्ष विष्णुप्रसाद बस्याल,चम्किलो कृषि सहकारीका उपाधयक्ष जितबहादुर मल्ल,मालिका सहकारीका सचिव कपिल आचार्य लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष सालिकराम पौडेलको अध्यक्षयता, उपाध्यक्ष हरि प्रसाद पौडेलको स्वागत तथा सचिव बिष्णु कुमारी घिमिरेको सच्चालनमा सम्पन्न भएको थियो ।