रवि सहित तीन जनालाई आज पुन अदालत पेस गरिदैं

प्रकाशित मिति:

चितवन  । पत्रकार शालिकराम पुडासैनीको आत्महत्याका लागि दुरुत्साहन गरेको आरोप लागेका संचारकर्मी रवि लामिछानेसहित तीन जनालाई हिरासत मै राखेर अनुसन्धान गर्न पुनः थपिएको पाँच दिनको म्याद सकिएको छ । आज तीनै जनालाई जिल्ला अदालत चितवन पेस गरिदैं छ ।

प्रहरीले जुटाएको प्रमाणको आधारमा सरकारी वकिलको कार्यालयले अदालत समक्ष मिसिल पेस गर्ने छ । अनुसन्धन नसकिएको भए म्याद थपका लागि र अनुसन्धान सकिएको भए मुद्धा दर्ता भएर कानुनी प्रकृया अघि बढ्ने जिल्ला अदालत चितवनका श्रेष्तेदार रुद्रमणि गिरीले जानकारी दिए । यसअघि जिल्ला अदालत चितवनका न्यायाधीश केशव अधिकारीको एकल इजालासले लामिछाने सहित तीन जनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमती दिएको थियो । लामिछानेसहित पत्रकार युवराज कँडेल र रुकु कार्की अस्मिता विरुद्ध शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहान मुद्दामा अनुसन्धान भइरहेको छ ।