विप्लव नेकपामाथिको प्रतिबन्ध हटाउन माओवादी केन्द्रको आग्रह

प्रकाशित मिति:

काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किँरातीले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथि लगाइएको प्रतिबन्ध हटाउन माग गरेका छन्। र मोरङको विराटनगरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष किरातीले नेकपाका राजनीतिक गतिविधि नै निशेष गनेै निर्णय सच्याउन माग गरेका हुन्।

सरकारले पार्टीप्रति आस्था राखेकै आधारमा नेता, कार्यकर्ताहरुको गिरफ्तारी गर्ने र आतंक सिर्जना गर्ने काम गरेको भन्दै त्यस्ता कदमहरु तत्काल सच्याउन माग गरे। नागरिकको अभिक्यक्ति स्वतन्त्रता, राजनीतिक स्वतन्त्रता र मानवअधिकारको विषयमा सरकारलाई गम्भिर बन्न पनि उनले आग्रह गरे । विप्लव नेकपाका नेताहरुमाथिको गिरफ्तारी तत्कालै रोकेर राजनैतिक हिसावले समस्याको समाधान खोज्नुपर्ने उनले बताए।