अछामकी दृष्टिविहीन झुप्री भण्डारीले तताइन् ‘भ्वाइस अफ नेपाल’ को स्टेज

प्रकाशित मिति:

बुटवल – गाउँकै गंगा माविमा अध्ययन गरिरहँदा गजलकार कमल संघर्ष (कमलकुमार भण्डारी) ले सधै एउटा ओझेलमा परेको आवाज सुन्थे झुप्री भण्डारीको, एउटै गाउँ फुपु नाता लाग्ने, तर भण्डारीको आफन्तप्रतिको निराशाले भने संघर्षलाई सानैदेखि घोचिरहेको थियो। भगवानले नै भण्डारीलाई संसार देख्ने अवसर दिएन जन्मजात नै दृष्टिविहिन बनाएर। भण्डारीले गाउँघरमा एक्लै हुँदा र कहिलेकाँही एफएम रेडियोमा गीत गाउँदा जन्मदिने आमावुवालाई नै प्रश्न गर्थिन, मलाई किन दृष्टिविहन बनायौँ ? जन्मिने वित्तिकै किन भगवानको प्यारो बनाएनौ ? लगायतका। ३० बर्षदेखि समाजले झुप्रीलाई हेपेरै राख्यो। घर फर्किदा कमल जहिले पनि झुप्रीका लागि केही नयाँ गर्न सकिन्छ कि भन्ने सोचमा हुन्थे।

‘दि भ्वाइस अफ नेपाल’ को दोश्रो संस्करणमा झुप्रीलाई सहभागी गराउनपर्छ भन्ने मनसाय पनि कमलले नै बनाए। उनकै सहयोगमा ‘दि भ्वाइस अफ नेपाल’ मा डिजिटल अडिशन दिएर झुप्री छनौट हुँदै ब्लाइन्ड अडिसनमा प्रवेश गरेदेखि नै झुप्रीप्रति समाजले हेरिरहेको नजर परिवर्तन भईसकेको थियो, उनको फरक परिचय बनिसकेको थियो। ‘दि भ्वाइस अफ नेपाल’ को ब्लाईण्ड अडिसनमा झुप्री आँफैले लेखेको गीत सम्झी रुनारुना गाउँदा धेरैका आखा रसाए, भ्वाईसका कोचहरुले पनि आँसु रोक्न सकेनन्। चारै जना कोचलाई उनले प्रभावित गर्न सफल भईन्। उनको आवाजले प्रभावित भएका चारै जना कोचको कुर्ची घुमेसंगै झुप्री भ्वाइसको आगामी यात्राका लागि प्रतिस्पर्धी बनेकी छिन्। – भिडियाे :