घोराहीको शंकर होटलमा एक युवा मृत भेटिए

प्रकाशित मिति:

दाङ – दाङको घोराही बजारको शंकर होटलमा बसेका एक व्यक्ति आईतबार बिहान मृत अवस्थामा भेटिएका छन् । मृत भेटिएकामा दाङ जिल्लाको बंगलाचुली गाउँपालिका ८ रानीवासका २३ वर्षीय लालु घर्ती रहका छन् ।

६ जनाको समुहमा शनिबार साँझ बसेका मध्ये घर्ती मृत भेटिएका हुन् । प्रहरीको अनुसन्धान अनुसार उनीहरु रोजगारीका लागि भारतको महाराष्ट्र गएका थिए । त्यसपछि उनीहरु घर फर्कने क्रममा उनीहरु साँझ त्यहाँ बास बस्न पुगेका थिए । प्रहरीका अनुसार मृतक घर्तीसँगै एकजना साथी सुतेका र अन्य ४ जना भने छुट्टै कोठामा सुतेका थिए । तर बिहन उठेर बोलाउँदा नबोलेको र हेर्दा घर्ती मृत अवस्थामा रहेको उनको साथिहरुले बताएका छन् । घटनाबारे थप अनुसन्धान भईरहेको दाङ प्रहरीले जनाको छ ।