राष्ट्रियसभा बैठक: विधेयक टेबल

प्रकाशित मिति:

काठमाडौं – राष्ट्रियसभाको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त “सेफगार्डस् एण्टी डम्पिङ्ग तथा काउन्टरभेलिङ्ग विधेयक २०७५” टेबल भएको छ । आजको बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले सो विधेयक टेबल गर्नुभएको थियो ।

उहाँले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको “प्रशासकीय अदालत विधेयक २०७६” लाई प्रतिनिधिसभाको बैठकबाट सम्बन्धित समितिको प्रतिवेदनमा उल्लेखित संशोधनसहित पारित भएको सन्देशको जानकारी बैठकमा दिनुभयो ।–  रासस