अध्यापन अनुमतिपत्रको आवेदन फारम सच्याउने अवसर

प्रकाशित मिति:

काठमाडौँ – शिक्षकसेवा आयोगले अध्यापन अनुमतिपत्रको आवेदन फारम सच्याउनका लागि अवसर दिएको छ । आयोगले पहिलोपटक अनलाइनका माध्यमबाट आवेदन फारम भर्न पाउने सुविधा प्रदान गरेको थियो ।

गत असार मसान्तसम्म आवेदकहरूले आवेदन भरेका थिए ।भरिएकामध्ये करिब साढे दुई हजार आवेदन गलत रूपमा भरिएको पाइएपछि भदौ २१ गतेसम्म सो सच्याउन सकिने सुविधा दिएको छ । आयोगका सूचना अधिकारी दामोदर आचार्यले आवेदकहरूले साइबरबाट फाराम भरेको र त्यसरी भर्दा विवरण गल्ती गरेकाले उनीहरूलाई सच्याउने अवसर दिइएको बताउनुभयो