छुरा प्रहार गरी पत्रकारको हत्या

८ भाद्र २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
15 Shares


मेक्सिको – मेक्सिकोको एउटा समाचार अनलाइनका प्रमुखकको छुरा प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ । सन् २०१९ भित्रै मेक्सिकोमा यो सहित १० जना पत्रकारको हत्या भइसकेको छ । मेक्सिकोका सरकारी वकीलले जारी गरेको प्रारम्भिक विवरणमा नेभिथ कोन्डेस जारामिल्लोको शव शनिबार बिहान फेला परेको र शरीरमा तिखो वस्तुले घोचेका निलडाम रहेको उल्लेख छ । प्रहरीले उक्त घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

तेजुपिल्को नामको सानो शहरमा सञ्चालित स्थानीय अनलाइन सञ्चार माध्यमको प्रमुखको रुपमा नेभिथ कार्यरत थिए । उनी स्थानीय रेडियोमा समेत समाचार वाचकको रुपमा कार्य गर्दथे । रिपोर्टर्स विदाउट बोर्डर्स ९आरएसएफ० ले कोन्डेस जारामिल्लोमाथि जुन र गत वर्षको नोभेम्बरमा अज्ञात समूहले धम्की दिएको बताएको छ । उनले संघीय सरकार समक्ष आफ्नो सुरक्षाका लागि आग्रह गरेका थिए ।सन् २००० यतामात्र मेक्सिकोमा करिब १०० जना पत्रकारको हत्या भइसकेको छ । लागूपदार्थको अवैध कारोबार र राजनीतिक भ्रष्टाचारका कारण पत्रकारमाथि बारम्बार आक्रमण हुने गरेको छ । मेक्सिकोमा अधिकांश हत्याका घटनाको ठोस अनुसन्धान र दोषीमाथि कारबाही विरलै हुने गरेको छ । –एएफपी

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • ३८ औँ मगर एकता दिवसको अवसर पारि नवलपरासी सहित देशैभर…
  • लुम्बिनीलाई मिनी ठमेल बनाउनु पर्छ : मुख्यमन्त्री पोखरेल
  • केराको बोक्राको फाइदा– शरीरको मुसा हटाउनदेखि कोलेस्ट्रोल नियन्त्रण गर्नसम्म
  • प्रधानमन्त्री भन्छन बाँस्कोटा बोलेको अडियो हो भन्ने कुनै प्रमाण छैन
  • देवदहका मेयर खत्रीलाई ‘नेल्टा’ सम्मान
  • ॐ आज बिहीवार, आजको दिनमा के गर्ने के नगर्ने ?…
  • कोरोनाभाइरसबाट बच्न आश्चर्यजनक उपाए , गाईको पिसाब र गोबर {प्रयोग…
  • चर्चित गायिकाको पिडा : मलाई पापीहरुले बन्धक बनाएर लामो समयसम्म…
  • गुल्मीमा बेवारिसे शवको पहिचान हुन सकेन
  • कम्युनिस्ट सरकारले पेट्रोल र डिजेलमा प्रतिलिटर १० रुपैयाँ कर लगाउने