शालिकराम मृत्यु प्रकरण : आरोपी अस्मिताको बयान सुरु

प्रकाशित मिति:

चितवन – पत्रकार सालिकराम मत्यु प्रकरणका आरोपीको बयान सुरु भएको छ। सरकारी वकिलको कार्यालयले आत्महत्यादुरुत्साहनसम्बन्धी अभियोग पत्र चितवन जिल्ला अदातलमा दर्ता गराएपछि अहिले आरोपीको बयान लिन सुरु भएको हो। अदातल स्रोतका अनुसार अहिले पुडासैनीकी प्रेमिका भनिएकी अस्मिता भनिने नर्स रुकु कार्कीको लिखित बयान लिने काम भइरहेको छ। अदातलका मुख्य न्यायाधीस हेमन्त रावलको इजलासमा लिखित बयान लिने क्रम चलिरहेको हो।

अस्मिताको बयान सकिएपछि क्रमशः युवराज कँडेल र रवि लामिछानेको बयान लिइने बताइएको छ। एउटै इजलासमा पालैपालो बयान लिइने भएकाले बयान लम्बिने देखिएको छ। बयान सकिएपछि बहस हुनेछ। आइतबार बहस हुने सम्भावना कम रहेको स्रोतले जनाएको छ। उनीहरू तीनै जनालाई प्रहरीले आइतबार बिहान १० बजेपछि सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन मिसिलसहित पेस गरेको थियो। बहसपछि मात्रै रिहा गर्ने वा कारागार चलान गर्ने आदेश अदालतले दिनेछ। मृत्यु प्रकरणका आरोपी रवि, युवराज र अस्मितालाई गएको साउन ३० गते काठमाडौंबाट पक्राउ गरी चितवन ल्याइ प्रहरी हिरासतमा राखिएको छ। पुडासैनी साउन २० गत्ते नारायणगढस्थित पोखरा बसपार्कमा रहेको होटल कंगारुको कोठाभित्र झुण्डिएको अवस्थामा मृत फेला परेका थिए।