नेशनल प्याब्सन जिल्ला स्तरिय वक्तृत्वकलाको उपाधी सैनामैनालाई

प्रकाशित मिति:

झविन्द्र देवकोटा-रुपन्देहीको सैनामैनामा भएको एन प्याब्सन जिल्ला स्तरिय वक्तृत्वकला प्रतियोगिताको उपाधी सैनामैनाले जितेको छ । ‘असल जीवनको आधार संस्कृति तथा आधुनिक जीवनको आधार प्रविधि’ विषयक वक्तृत्वकला प्रतियोगिताको उपाधी सैनामैना मेमोरियल बोर्डिङ्ग स्कुलले जितेको हो ।

राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसियशन नेशनल प्याब्सन रुपन्देहीले सैनामैनामा आयोजना गरेको प्रतियोगितामा रुपन्देहीका विभिन्न एक दर्जनबढी संस्थागतविद्यालयहरुलाई पछिपार्दै सैनामैना मेमोरियलले उपाधी सहित दुई हजार नगद ट्रफि तथा प्रमाणपत्र हात पारेको हो ।यस्तै प्रतियोगितामा बुटवलको ग्लोरि बोडिङ्ग स्कुल द्वितीय, सुनगाभा पब्लिक माध्यमिक विद्यालय तृतिय र पश्चिमाञ्चल बोर्डिङ्ग स्कुलले सान्त्वना स्थान हासिल गरेको छ । उनीहरुले क्रमश एकहजार पाँच सय, एक हजार र पाँच सय नगद प्राप्त गरेको सचिव जेवि क्षेत्रीले जानकारी दिए ।नेशनल प्याब्सनका कार्यवहाक अध्यक्ष तिलव केसिको अध्यक्षतामा भएको कार्यक्रममा एन प्याब्सनका केन्द्रीय सदस्य कृष्णप्रसाद पौडेल, बालाकृष्ण तिवारी, सल्लाहकार राजु गुरुङ्ग लगायतले विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्दै बधाई तथा शुभकामना दिएका थिए । एन प्याब्सनले विद्यार्थीको चौतर्फि विकासका लागि समयसमयमा विभिन्न खाले आन्तरिक तथा खुल्ला खेलकुद, शैक्षिक लगायतका अतिरिक्त कृयाकलापहरु आयोजना गर्दै आएको छ ।